April 26, 2025

चितवनमा भोलिदेखि तीन दिने ‘महिला उद्यमी मेला’ सुरु

September 22, 2023
- ADVERTISEMENT -

चितवन / उद्योग वाणिज्य संघ–चितवन, महिला उद्यमी विकास समितिको आयोजनामा तीन दिने ‘महिला उद्यमी मेला २०८०’ हुने भएको छ । उद्योगी व्यवसायीहरुको हकहितको संरक्षण, संवद्र्धन र प्रबद्र्धन गर्ने उद्देश्यका साथ उक्त मेला शनिबारदेखि (असोज ६ देखि ८) सोमबारसम्म संचालन हुने उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुनारायण श्रेष्ठले जानकारी दिए ।

उद्यमी मेलामा विशेषगरी चितवन, मकवानपुर, नवलपुर, तनहूं, लगायत बागमति प्रदेशका महिलाहरुलाई लक्षित गरिएको छ । उद्यमशिलतातर्फ उन्मुख महिला, महिला उद्यमशिलता तथा उत्पादनहरुमा चासो राख्नेलाई प्राथमिकता राखिएको अध्यक्ष श्रेष्ठले बताए ।

आयोजकका अनुसार ६ हजार दर्शकहरुले मेलाको अवलोकन गर्ने र मेला समयावधि भर करिव १५ लाखसम्मको आर्थिक कारोवार हुने अनुमान गरिएको छ ।

मेलामा ३४ वटा स्टल रहने छन् भने प्रदर्शन गरिने बस्तु र लगानीको आधारमा ३ किसिमका स्टलहरुको व्यवस्था गरिएको छ ।

एकल महिला, दुर्गमका महिलालगायतका स्टलहरुलाई निःशुल्क उपलब्ध गराइने छ भने आरक्षित स्टल मध्ये हस्तकला, लघु घरेलु उद्यम, कृषिसँग सम्बन्धित प्रदर्शकहरु रहेका छन् ।

- ADVERTISEMENT -