काठमाडौं / देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परेर चार जनाको ज्यान गएको छ । सिन्धुपाल्चोक, दाङ, कैलाली र गुम्दीमा गरी तीन छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानमा भएको सवारी दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ अधेरीस्थित सडकमा बा३ख ५५४ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीया माईली तामाङको शनिबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता दाङको लमही नगरपालिका–१ सुनडबरीस्थित सडकमा भालुवाङबाट लमहीतर्फ जाँदै गरेको लु६ प ४१३६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीया राधिका घर्तिमगरको शनिबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–५ स्थित सडकमा सु.प.प्र ०१–०११ प ७६७८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका–५, ढूङ्गेबजार बस्ने २८ वर्षीय श्याम बिनाडीको घटनास्थलमै मृत्यु भएको छ ।
उक्त दुर्घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
त्यसैगरी धादिङको गङ्गाजमुना गाउँपालिका–४ गुम्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
धादिङबेँसीबाट रिगाउँको तावल जाँदै गरेको मे १ ज २६६९ नं जिप अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा गङ्गाजमुना–२ का १४ वर्षीय अनुरोध तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा दुई बालकसहित पाँच जना घाइते भएका छन् । घाइतेको गुम्दी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
- ADVERTISEMENT -

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.27
152.87

European Euro
1
176.21
176.91

UK Pound Sterling
1
204.05
204.85

Swiss Franc
1
191.39
192.14

Australian Dollar
1
107.47
107.90

Canadian Dollar
1
109.31
109.75

Singapore Dollar
1
118.47
118.94

Japanese Yen
10
9.51
9.55

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.56
40.72

Qatari Riyal
1
41.77
41.93

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.46
41.62

Malaysian Ringgit
1
37.50
37.64

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.19
16.25

Danish Kroner
1
23.58
23.67

Hong Kong Dollar
1
19.43
19.51

Kuwaity Dinar
1
495.59
497.54

Bahrain Dinar
1
403.82
405.41

Omani Rial
1
395.48
397.04














