सुर्खेत / जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको भूकम्पमा परेर मृत्यु भएको छ ।
शुक्रबार राति आएको भुकम्पमा परेर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
प्रहरीका अनुसार, सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनी गम्भीर घाइते भएकी थिइन् । घाइते उनका उद्दार गरी उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
मृतक सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।
जाजरकोटको भुकम्पमा उपप्रमुख सिंहको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
