२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

बालिकालाई बिक्री गरेको आरोपमा एक महिला पक्राउ

प्रकाशित मिति : २०८० मंसिर १६ गते
- ADVERTISEMENT -

काठमाडौं / पश्चिम नेपालका सुर्खेत, दैलेखलगायतका पहाडी जिल्लाबाट महिला तथा बालिकालाई भारत लगी बिक्री गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका–८ घर भएकी ३९ वर्षीया मुना ठकुरी भन्ने मुनाकुमारी मल्ल रहेका छन् ।
उनलाई आकर्षक रोजगारीको प्रलोभन देखाई नयाँ दिल्लीस्थित यौन गतिविधि हुने केन्द्रमा लगी बेचबिखन गरेको भन्ने जाहेरी दरखास्तका आधारमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोले शुक्रबार सार्वजनिक गरेको हो ।

- ADVERTISEMENT -