गैंडाकोट / कथाकार वसन्त पराजुलीको तेस्रो कृति ‘ड्रिमी आइज्’ सार्वजनिक भएको छ । नेपाल इङ्लिस ल्याङ्वेज टिचर्स एसोसिएसन (नेल्टा) चितवनको आयोजनामा बुधबार द नारायणी रिसोर्ट गैंडाकोटमा कृति सार्वजनिक गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एलबी क्षेत्री, भिलेज अफ इङ्लिस राइटर्स (भ्यू) चितवनका अध्यक्ष डाक्टर केशवराज चालिसे, नेल्टा चितवनका अध्यक्ष बटुकलाल तामाङ, भुँडीपुराण पब्लिकेसन्सका प्रबन्ध निर्देशक केशव पराजुली, साहित्यकार हरि गौतमलगायतले कृति सार्वजनिक गरेका हुन् ।
कृति विमोचनपछि पुस्तक समीक्षा कार्यशाला गरिएको थियो । कार्यशालामा अंग्रेजी विषयका २५ जना शिक्षकहरूलाई सहभागी गराइएको थियो । कार्यशालामा शिक्षकहरूले कृति पढेर समीक्षा तयार गरी प्रस्तुत गरेका थिए । समूह बनाएर समीक्षा गरिएका सामग्रीलाई मनोजकुमार विष्ट, मनोज क्षेत्री, अञ्जलि भुसाल र अर्जुन भट्टले प्रस्तुत गरेका थिए ।
भुँडीपुराण पब्लिकेसन्सबाट प्रकाशित ड्रिमी आइज् कथासंग्रहमा १७ वटा कथा छन् । कथाकार पराजुलीका यसअघि प्रकाशित कथासंग्रह ‘कुमाता’ र ‘मोम्चो’ बाट छानिएका कथालाई अनुवाद गरी ड्रिमी आइजमा समावेश गरिएको छ । कथाहरू मिलि जोशी र भरत भट्टराईले अनुवाद गरेका हुन् । कृतिको मूल्य ३९० रुपैयाँ तोकिएको छ ।
- ADVERTISEMENT -

कथाकार पराजुलीको ‘ड्रिमी आइज्’ सार्वजनिक

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.13
152.73

European Euro
1
175.61
176.30

UK Pound Sterling
1
203.62
204.42

Swiss Franc
1
190.45
191.20

Australian Dollar
1
106.55
106.97

Canadian Dollar
1
109.21
109.64

Singapore Dollar
1
118.11
118.57

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.44
22.53

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.73
41.89

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.42
41.58

Malaysian Ringgit
1
37.38
37.53

South Korean Won
100
9.98
10.02

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.13
497.09

Bahrain Dinar
1
403.45
405.04

Omani Rial
1
395.12
396.68














