चितवन / क्षेत्रीय होटल सङ्घ सौराहाले १७औँ हात्ती तथा पर्यटन महोत्सवको तयारी थालेको छ । यही पुस १० देखि १४ गतेसम्म अंग्रेजी नयाँ वर्षमा पर्यटक भित्र्याउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो ।
कोरोनाका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको हात्ती तथा पर्यटन महोत्सवका संयोजक ओमप्रकाश पाण्डेले जानकारी दिए । यसअघि सन् २०१८ मा हात्ती महोत्सव सम्पन्न गरिएको थियो ।
संयोजक पाण्डेका अनुसार लामो समयदेखि रोकिएको महोत्सव यसपटक नयाँ ढङ्गले सुरु गरिने छ । महोत्सवका लागि सरोकारवालासँग छलफल सुरु गरिएको उनले बताए । हात्तीमैत्री गतिविधि मात्रै सञ्चालन गरेर अघिल्ला महोत्सवभन्दा यसपटक फरक बनाउन खोजिएको उनको भनाइ छ ।
पहिला गरिँदै आएको छावाको फुटबल, पोलो, हात्ती दौडजस्ता गतिविधिले हात्तीलाई दुःख हुने गरेको गुनासो बढेपछि यस वर्ष त्यस्ता गतिविधि नगर्ने उनले भने । यसपटक हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिता मात्रै गर्ने योजनामा आयोजक रहेको क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलियाले बताए । योसँगै डुङ्गा दौड, पर्यटकीय गोष्ठी र सेमिनार गरिनेछ ।
हात्ती महोत्सवको मुख्य आकर्षण भनेको हात्ती सुन्दरी प्रतियोगिता भएको भन्दै उनले हात्तीको सरसफाइ, स्वास्थ्य र सजावटको मूल्याङ्कन गरी हात्तीलाई सुन्दरीको उपाधि दिइनेछ । महोत्सवमा हात्तीलाई बिदा दिएर एक दिन उसलाई मनपर्ने परिकार खुवाइनेछ ।
यसपटक ३० निजीसहित ४० हात्ती वनभोजमा सहभागी गराइने युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताए । हात्तीको संरक्षण प्राथमिकतामा राखिएको भन्दै उनले हात्तीको स्याहार, स्वास्थ्यसहितको कार्यक्रम अहिलेको मुख्य आकर्षण हुने बताए ।
यसपटक चित्रसारीको चौरमा महोत्सव गर्न लागिएको हो । यसअघि बाघमारा मध्यवर्ती सामुदायिक वनमा हात्ती महोत्सव हुँदै आएको थियो । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतका अवलोकन गर्ने बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।
यहाँ आउने पर्यटकलाई नयाँ स्वादको मनोरञ्जन प्रदान गर्न हात्ती महोत्सव गरिँदै आएको सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरेले बताए । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गरिने महोत्सवले स्वदेशीसँगै विदेशी पर्यटकलाई थप आकर्षित गर्ने उनको भनाइ छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सौराहामा १७औँ हात्ती तथा पर्यटन महोत्सवको तयारी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.64
148.24

European Euro
1
168.55
169.24

UK Pound Sterling
1
195.27
196.06

Swiss Franc
1
186.56
187.31

Australian Dollar
1
103.07
103.49

Canadian Dollar
1
107.62
108.06

Singapore Dollar
1
115.01
115.48

Japanese Yen
10
9.24
9.28

Chinese Yuan
1
21.41
21.49

Saudi Arabian Riyal
1
39.34
39.50

Qatari Riyal
1
40.39
40.56

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
40.20
40.36

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
9.83
9.87

Swedish Kroner
1
15.57
15.64

Danish Kroner
1
22.56
22.65

Hong Kong Dollar
1
18.86
18.94

Kuwaity Dinar
1
481.70
483.65

Bahrain Dinar
1
391.05
392.64

Omani Rial
1
383.48
385.04












