२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

चितवनमा अन्तर कलेज हिसान कप खेल हुने

प्रकाशित मिति : २०८० माघ २४ गते

चितवन / चितवनमा माघ २५ गतेदेखि सुरु हुने अन्तर कलेज हिसान कप नाइन ए साइड फुटबलको खेल तालिका सार्वजनिक भएको छ । मंगलबार वाल्मिकी शिक्षा सदनमा आयोजित पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको हो ।

उच्च शिक्षालय तथा माद्यामिक विद्यालय संघ (हिसान) चितवनको आयोजनामा फागुन २ गतेसम्म चल्ने प्रतियोगितामा १४ टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

सार्वजनिक तालिका अनुसार हरेक दिन दुई खेल हुनेछ । २५ गते उद्घाटन खेलमा एपेक्स कलेज र अर्किड स्कुल भिड्नेछन् । उक्त खेल दिउँसो २ बजे सुरु हुनेछ । यस्तै सोही दिन ३ बजे वाल्मिकी शिक्षा सदन र गुरुकुल कलेज भिड्नेछन् । प्रतियोगिताको खेलहरु भरतपुर १० स्थित गेष्ट हाउस चौरमा हुनेछन् ।

प्रतियोगिताको विजेताले ट्रफीसहित ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले २० हजारसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै हरेक विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

कलेज तहदेखि नै फुटबल खेलको बिकास र खेलाडीको खेल कौशल वृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको हिसान चितवनका अध्यक्ष दीपेन्द्र ढकालले बताउनुभयो । चितवन जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49