चितवन / जिल्ला अदालत बार एशोसियसन चितवन स्वर्ण महोत्सव मनाउने तयारी थालेको छ । एशोसियनले विविध कार्यक्रम गरी स्थापनाको ५० वर्ष पार गरेको अवसरमा स्वर्णमहोत्सव मनाउन लागेको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा ४० दिन अविधभरको कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । जसअनुसार आज (शुक्रबार) चार बजे स्वर्ण महोत्सव शुभारम्भ, पुष्पवाटिका स्थापना र दिपावली कार्यक्रम गरेको छ ।
यस्तै आजै चितवनको सात पालिकामा कानुनी सचेतना कार्यक्रम, फागुन १९ गते बार भवनमा बारको भूमिका र आचारसंहिता गोष्ठी, फागुन २४ गते जिल्ला अदालत परिषदमा अदालत र बार बीच मैत्री पुर्ण खेलकुद, चैत्र २ गते न्याय सम्पादनमा प्रहरी, सरकारी वकिल, निकुञ्ज, मालपोत, सञ्चारकर्मी र प्रतिरक्षा कानुन व्यवसायीको प्रभावकारी भूमिका बिषयक कार्यक्रम गरिने जानकारी दिईयो ।
यस्तै चैत्र ९ गते देवघाट स्थित रामजानकी र भरतपुरको मानव सेवा आश्रममा भोजन वितरण, चैत्र १६ गते रक्तदान कार्यक्रम, १९ गते बेलुका बार परिषरमा दिपावली कार्यक्रम र चैत्र २० गते अन्तिम दिन सर्वोच्च अदालतका न्यायधिशको प्रमुख आतिथ्यतामा स्वर्ण स्मारिका विमोचन, स्वर्ण स्तम्भ अनावरण, पुरस्कार तथा प्रशंसा वितरण कार्यक्रम गरी समापन गरिनेछ ।
सो अवसरमा बोल्दै एशोसियनका अध्यक्ष खगराज पण्डितले स्वर्ण महोत्सव ५० दिन अघि मनाउने योजना भएपनि बिशेष कारण बश ४० दिनसम्म मनाउन लागिएको बताउनु भयो ।
स्वर्णमहोत्सवलाई प्रभावकारी रुपमा मनाउन अन्य कार्यक्रम थप गरिने समेत उहांँले बताउनु भयो । पत्रकार सम्मेलनमा बारका पूर्व अध्यक्ष, पूर्व केन्द्रिय सदस्य तथा वर्तमान कार्यसमिति लगायतको सहभागिता रहेको थियो । चितवनमा २०३० साल चैत्र २० गते नेपाल बार एशोसियसन चितवन ईकाई स्थापना भएको हो ।