२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

चितवनमा सेन्ट्रल कलेज प्रथम भरतपुर च्याम्पियनसिप हुने [with video]

खेल तालिका सार्वजनिक, १२ टोली सहभागी हुने
प्रकाशित मिति : २०८० फाल्गुन २० गते

चितवन / चितवन ११ फुटबल क्लबको आयोजनामा सेन्ट्रल कलेज प्रथम भरतपुर च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । फागुन २५ देखि चैत १० गतेसम्म हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज (आइतबार) पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

आयोजकका अनुसार प्रतियोगितामा १२ टिम सहभागी हुने भएका छन् । जसमा चितवनका ६ र बाहिरी जिल्लाका ६ टिम रहने क्लबका अध्यक्ष सुशील कार्कीले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । भरतपुर चार पर्यटकीय स्थलका नाममा चार पोलको नामाकरण गरिएको छ । भरतपुर भ्रमण वर्षको प्रचारका लागि प्रतियोगिता आयोजना गरिएकोले यहाँका पर्यटकीय स्थलका नाममा चार पोलको नामाकरण गरिएको कार्कीले बताए ।

जसअनुसार चौकीडाँडा पोलमा नेपाल पुलिस क्लब, इमेज बसन्तपुर युनाइटेड क्लब र २८ बिघा छन् । गोलाघाट पोलमा एभरेष्ट एफसी, रड्स रामपुर र आबुखैरहनी गाउँपालिका रहेका छन् ।

देवघाट पोलमा पेन्गुइन भरतपुर २४, हानामी भरतपुर फुटबल क्लब र घैरुङ एफसी छन् भने बिसहजार ताल पोलमा कैलाश युथ क्लब, नेपाली सेनाको द सबुज दल गण र गैंडाकोट एफसी छन् । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लब र बसन्तपुर युनाइटेड क्लब भिड्नेछन् ।

प्रतियोगिताका खेलहरु नेपाल प्रहरी शिक्षालय (तालिम केन्द्र) को मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले तीन लाख तीन हजार रुपैयाँ तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । दर्शकका लागि पहिलो चरणमा ५० तथा क्वाटरफाइनलदेखि फाइनल सम्मका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

खेलको माध्यमबाट भ्रमण वर्ष र भरतपुरका पर्यटकीय क्षेत्रको प्रचार गर्न यस प्रतियोगिताले भूमिका खेल्ने क्लबका अध्यक्ष कार्कीको विश्वास छ । पत्रकार सम्मेलनमा मुख्य प्रायोजक सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी), चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्की, रेफ्री संघका केन्द्रीय सदस्य विरेन्द्रबहादुर पाण्डेलगायत उपस्थित थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49