हेटौंडा / अवैध लागूऔषधसहित १० जना पक्राउ परेका छन् । कैलाली, झापा, सुनसरी र उदयपुरको छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–२, त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ३ सय २० मिलिग्रामसहित आइतबार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीलले गोदावरी नगरपालिका–२ बस्ने १७ वर्षीय किशोर समेत ३ जनालाई पक्राउ गरेकको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, झापाको भद्रपुर नगरपालिका–५ मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम १३ मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही नगरपालिका–१० चन्द्रगढी बस्ने २५ वर्षीय आशिष राजबंशी समेत २ जनालाई आइतबार साँझ पक्राउ गरेको हो ।
प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.२ प ८६४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, झापा कै शिवसताक्षी नगरपालिका–१ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका–५ बस्ने ४९ वर्षीय धन बहादुर नेपाल र ४९ वर्षीय मदन गुरूङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले झिलझिलेबाट दमकतर्फ जाँदै गरेको मे.१० प ५१६४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका–५ राजश्वढाँटबाट अवैध लागूऔषध ब्राउनसुगर ७ ग्राम ७० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले सोही उपमहानगरपालिका–१६ बस्ने ३१ वर्षीय सुजन भन्ने बालकृष्ण घिमिरे समेत २ जनालाई आइतबार बेलुकी पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय इटहरी र कोशी प्रदेश प्रहरी कार्यालय समेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट नगद ३ हजार २ सय रूपैयाँ, डिजिटल तराजु १ थान, विभिन्न कम्पनीको मोबाइल ४ थान, प्रदेश १–०२–०४७ प १९५३ नम्बरको मोटरसाइकल र १ थान ल्याप्टप समेत बरामद भएको छ ।
यसैगरी, उदयपुरको त्रियुगा नगरपालिका–११ पिपल चोकबाट नियन्त्रित लागूऔषध फेनारगन १५ एम्पुल, डाईजेपाम १४ एम्पुल र आईपिल १५ एम्पुलसहित साोमबार दिउँसो एक जनालाई पक्राउ गरेकाके छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २३ वर्षीय पासाङ तामाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले ना.२६ प ८३७५ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीभित्र लुकाई राखेको उक्त लागूऔषध फेला पारी स्कुटरमा सवार तामाङलाई पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।