२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

छुट्टाछुट्टै जिल्लाबाट अवैध लागूऔषधसहित १० जना पक्राउ

प्रकाशित मिति : २०८० फाल्गुन २९ गते
Sketch

हेटौंडा / अवैध लागूऔषधसहित १० जना पक्राउ परेका छन् । कैलाली, झापा, सुनसरी र उदयपुरको छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–२, त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ३ सय २० मिलिग्रामसहित आइतबार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीलले गोदावरी नगरपालिका–२ बस्ने १७ वर्षीय किशोर समेत ३ जनालाई पक्राउ गरेकको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

यस्तै, झापाको भद्रपुर नगरपालिका–५ मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम १३ मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही नगरपालिका–१० चन्द्रगढी बस्ने २५ वर्षीय आशिष राजबंशी समेत २ जनालाई आइतबार साँझ पक्राउ गरेको हो ।

प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.२ प ८६४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, झापा कै शिवसताक्षी नगरपालिका–१ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका–५ बस्ने ४९ वर्षीय धन बहादुर नेपाल र ४९ वर्षीय मदन गुरूङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले झिलझिलेबाट दमकतर्फ जाँदै गरेको मे.१० प ५१६४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका–५ राजश्वढाँटबाट अवैध लागूऔषध ब्राउनसुगर ७ ग्राम ७० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले सोही उपमहानगरपालिका–१६ बस्ने ३१ वर्षीय सुजन भन्ने बालकृष्ण घिमिरे समेत २ जनालाई आइतबार बेलुकी पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय इटहरी र कोशी प्रदेश प्रहरी कार्यालय समेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट नगद ३ हजार २ सय रूपैयाँ, डिजिटल तराजु १ थान, विभिन्न कम्पनीको मोबाइल ४ थान, प्रदेश १–०२–०४७ प १९५३ नम्बरको मोटरसाइकल र १ थान ल्याप्टप समेत बरामद भएको छ ।

यसैगरी, उदयपुरको त्रियुगा नगरपालिका–११ पिपल चोकबाट नियन्त्रित लागूऔषध फेनारगन १५ एम्पुल, डाईजेपाम १४ एम्पुल र आईपिल १५ एम्पुलसहित साोमबार दिउँसो एक जनालाई पक्राउ गरेकाके छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २३ वर्षीय पासाङ तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले ना.२६ प ८३७५ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीभित्र लुकाई राखेको उक्त लागूऔषध फेला पारी स्कुटरमा सवार तामाङलाई पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96