२०८३ बैशाख १०, बिहीबार
April 23, 2026
२०८३ बैशाख १०, बिहीबार
April 23, 2026 Thursday
- ADVERTISEMENT -

अवैध लागूऔषधसहित १२ जना प्रहरीको फन्दामा

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते

हेटौंडा / देशको विभिन्न स्थानबाट लागूऔषधसहित १२ जना पक्राउ परेका छन् । झापा, पर्सा, बर्दिया, मोरङ र बर्दिया जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले झापाको बिर्तामोड नगरपालिका–४ स्थित सन्जोग होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ७ सय २० मिलिग्राम र नगद ८ हजार २ सय २५ रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका–९ प्रणामी टोल बस्ने २४ वर्षीय अनुप भट्टराई र पाँचथर फिदिम नगरपालिका घर भई झापा बिर्तामोड नगरपालिका–३ बस्ने २७ वर्षीया सन्जु राई रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध र नगदसहित पक्राउ गरेको हो ।

यसैगरी, झापाको दमक नगरपालिका–३ बेलडाँगीबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम र नगद ७ हजार ८ सय २० रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय सबहादुर लिम्बु सुब्बा र सोही नगरपालिका–२ बस्ने २७ वर्षीय मनाङ लिम्बु रहेका छन् । प्रहरी चौकी बेलडाँगीबाट खटिएको प्रहरीले सबहादुरको कोठाको जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यसैगरी झापा कैमेचिनगर नगरपालिका–६ मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन ६ ग्रामसहित दमक नगरपालिका–५ पारुहाङ टोल बस्ने ३५ वर्षीय सुबास बानियालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, पर्साको वीरगंज महानगरपालिका–८ लिङ्करोडबाट अवैध लागूऔषध खैरो हेरोइन १० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट ३ ट्याबलेटसहित सोही महानगरपालिका–१५ बस्ने २५ वर्षीय सुशिल कुमार सिंहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै, बर्दियाको मधुवन नगरपालिका–६ बस्ने २० वर्षीय सुवास सुनार समेत २ जनालाई अवैध लागूऔषध ब्राउन सुगर २ ग्राम ५ सय ५० मिलिग्रामसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सानोश्री र ढोढरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उता, मोरङ, सुन्दरहरैचा नगरपालिका–९ बाट अवैध लागूऔषषध ब्राउनसुगर १ ग्राम ६ सय ७० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१० बस्ने २४ वर्षीय मोहमद अस्लाम र ३३ वर्षीय नबराज खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यता, कैलालीको गोदावरी नगरपालिका–१ बसन्तपुरबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम २ सय ३० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बझाङ केदारस्यु गाउँपालिका–७ बस्ने ३८ वर्षीय खडक धामी समेत २ जनालाई मंगलबार साँझ पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37