April 26, 2025

सुन तस्करीमा मुछिएका गुरुङ धरौटीमा रिहा

March 19, 2024
- ADVERTISEMENT -

काठमाडौं / सुन तस्करी छानबिनका लागि पक्राउ परेका जीवन गुरुङ धरौटीमा रिहा भएका छन् ।

पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार समेत रहेका उनलाई जिल्ला अदालत काठमाडौंले सोमबार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

गुरुङलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ ।

गुरुङ प्लाटिनम कलेजका सञ्चालकसमेत हुन् । उनलाई सीआईबीको टोलीले गत फागुन १४ मा पक्राउ गरेको थियो ।

- ADVERTISEMENT -