२०८२ चैत्र २, सोमबार
March 16, 2026
२०८२ चैत्र २, सोमबार
March 16, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एमएनओको जागरण सभामा ९१ वर्षीय तामाङलाई सम्मान

१३५ जनाले गरे पार्टी प्रवेश
प्रकाशित मिति : २०८० चैत्र ११ गते
- ADVERTISEMENT -

चितवन / भरतपुर वडा नं. २४, नयाँवस्तीमा ९१ वर्षीय वृद्धलाई सम्मान गरिएको छ । मंगोल नेशनल अर्गनाईजेशन (एमएनओ) भरतपुरले आयोजना गरेको “गाउँ गाउँ बस्ती बस्ती जाआँै, मुलवासी मंगोल जगाऔँ, अस्तित्व जोगाऔँ” राष्ट्रिय अभियान अन्र्तगत जागरण सभामा आशबहादुर तामाङलाई शनिबार सम्मान गरिएको हो ।

तामाङ २५ वर्षसम्म तत्कालीन शारदानगर गाउँ पञ्चायतको प्रधानपंच समेत रहेका थिए । उनकै नेतृत्वमा १३५ जना विभिन्न पार्टी परित्याग गरी शुक्रबार मंगोल नेसनल अर्गनाइजेसनमा प्रवेश गरेको महानगरका अध्यक्ष भक्तबहादुर तामाङले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मंगोल नेसनल अर्गनाइजेसनका केन्द्रीय प्रवक्ता रिन्छेन तामाङले नेपालमा राज्यसत्ता सञ्चालन गर्ने दलहरुबाट देश र जनताको विकास हुन नसक्दा मंगोलको जन्म भएको बताउदै दलहरुकै कारण देश भ्रष्टाचारको सूचीमा पर्नुका साथै समस्या नै समस्याको चङ्गुलमा फस्दै गएको आरोपसमेत लगाए ।

उनले स्थापना समयदेखि नै मंगोल नेशनल अर्गनाईजेशनले लोकतन्त्र, धर्मनिरपेक्ष, र प्रान्तिय सरकारको वकालत गर्दै आईरहेको बताउदै नेपालको संविधानले आर्य र मंगोलको अस्तित्वमा विभेद गरेको बताउदै हक अधिकार र अस्तित्व प्राप्तीका लागि बैचारिक बहस, कलम र विचारको युद्धबाट शसक्त भएर अगाडी बढ्ने उद्घोष गरे ।

- ADVERTISEMENT -

Advertisement

केन्द्रीय सदस्य टेकवाहादुर तामङले नेताहरुले चुनाव जितिसकेपछि संसद्मा आफ्ना कुरामात्रै सुनाउने हुँदा जनताको आवाज अझै पनि संसद्सम्म पुग्न नसकेको वताए ।
‘हामीले कांग्रेस पनि हे¥यौँ, एमाले पनि हे¥यौँ र माओवादी पनि हे¥यौँ । तर, तिनीहरुबाट सर्वहारा जनताको अवस्था कहिल्यै माथि उकासिन सकेन’, उनले भने,‘त्यसकारण देशमा बसोवास गर्ने सबै मूल वासीको आवाज लिएर मंगोल आएको हो ।’

केन्द्रीय सदस्य शुष्मा तामाङले ठूला भनिएका दलहरुबाट देश विकासको सम्भावना हराउँदै गएपछि डा.गोपाल गुरूङको नेतृत्वमा मंगोल अर्गनाइ जेसनको स्थापना भएको दाबी गरिन् । नेपालमा धर्मको आस्था र जातिविशेष तरिकाले राजनीति गराइदिँदा मंगोलको पहुँच सरकारमा नपुगेसम्म नेपालीको साझा समस्या समाधान हुन नसक्ने उनले बताइन् ।

मंगोल अर्गनाइजेसनको विषयमा जनमानसलाई जानकारी गराउने र कार्यकर्ता तहमा प्रशिक्षण दिलाउने उद्देश्यका साथ महानगरस्तरीय भेला आयोजना गरिएको मंगोल अर्गनाइजेसन भरतपुर महानगर सभाका अध्यक्ष भक्तबहादुर तामाङले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04