May 1, 2024

त्रिशूलीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु

March 30, 2024

चितवन / त्रिशूलीमा नदीमा खस्दा ट्याक्सी पाँच जनाको मृत्यु भएको छ । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको उक्त ट्याक्सी आज (शनिबार) बिहान सवा ७ बजे दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ज्यान गुमाएकाहरूको परिचय नखुलेको प्रहरीले जनाएको छ । इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो । ट्याक्सीमा कति यात्री सवार थिए भन्ने पनि यकिन नभएको प्रहरीले जनाएको छ ।

दुर्घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -