April 23, 2025

यो साता सुन २१ सयले गिरावट

April 28, 2024
- ADVERTISEMENT -

काठमाडौं / यो साता नेपाली बजारमा सुन प्रतितोला २१ सय रुपैयाँले गिरावट आएको छ ।

गत साताको तुलनामा यो सातामा सुनको मूल्यमा उक्त मूल्यको गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत साताको शुक्रबार १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन यस साताको शुक्रबार १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, गत साता प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भएको तेजावी सुन यस साता १ लाख ३६ हजार ५५० रुपैयाँ कायम छ ।

यसैगरी, यस साता चाँदीको मूल्यमा समेत गिरावट आएको छ । यस साता चाँदी प्रतितोला ४५ रुपैयाँले गिरावट आएको हो ।

गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १७ सय २० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १६ सय ७५ रुपैयाँमा आइपुगेको छ ।

- ADVERTISEMENT -