April 29, 2025

प्रेमवस्ती दुध उत्पादक सहकारीमा न्यूरेको नेतृत्व

April 28, 2024
- ADVERTISEMENT -

चितवन / प्रेमवस्ती दुध उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्षमा आनन्दप्रसाद न्यूरे निर्वाचित भएका छन । संस्थाको शनिबार सम्पन्न विशेष साधारण सभाबाट न्यूरे निर्विरोध निर्वाचित भएका हुन् ।

विशेष साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा ईश्वरकुमार श्रेष्ठ, उपाध्यक्षमा वावुराजा सिंह, सचिवमा हरिप्रसाद भट्ट, कोषाध्यक्षमा राजेन्द्रप्रसाद न्यौपाने चयन भएका हुन् । यस्तै सदस्यहरुमा कल्पनादेवी थापा, तोयानाथ भट्टराई, हरिबहादुर घर्ती, कुमारी गुरुङ, श्याममाया सार्की र हर्कबहादुर मगर छानिएका छन् ।

नवनिर्वाचित अध्यक्ष न्यूरेले विगत चौविस वर्षदेखि संचालित प्रेमवस्ती दुग्ध सहकारीमा आफ्नै भौतिक पुर्वाधार, मेशिनरी गरी करिब तीन करोडको जायजेथा रहेको जानकारी दिए भने दुर्ईसय गाई पाल्ने करिब पाँच करोड लागतको फार्म संचालनमा छ ।

- ADVERTISEMENT -