रूपन्देही / अनलाइन फेयर प्ले बेटिङ साइट जुवा (सट्टावाजी) मा संलग्न रहेको अभियोगमा सोमबार रूपन्देहीबाट १३ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
भारत राजस्थान हनुमाननगर मस्तवानी हर्ड पंचायत बस्ने २१ वर्षीय भिम सेन समेत १३ जना भारतीय नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -

बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित एक घरको पहिलो र दोस्रो तला भाडामा लिई अनलाइन फेयर प्ले बेटिङ साइट संचालन गरेको उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका ल्यापटप १३ थान, विभिन्न कम्पनीका मोबाइल सेट ३९ थान लगायत अन्य विद्युतीय उपकरण बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










































