June 20, 2024

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु

May 15, 2024
File Photo.

दाङ / बबई नदीमा दुई जनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।

मृत्यु हुनेहरुमा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियार रहेका छन् ।

उनीहरु भारतबाट फूपूको घरमा आएका थिए । नदीमा डुबेर दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको थियो भने दिपेशको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेको खुलेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -