२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

राइनो ताललाई प्रचारप्रसारको अभाव

प्रकाशित मिति : २०८१ जेष्ठ २६ गते

चितवन / भरतपुर महानगरपालिका–१२ स्थित रामबेल सामुदायिक वनअन्तर्गत रहेको राइनो ताल भरतपुर बजारबाट सबैभन्दा नजिक रहेको ताल हो । बजारबाट नजिकै रहेपनि राइनो तालको प्रचारप्रसार नहुँदा पर्यटकको आगमन भने सोचेजस्तो हुन सकेको छैन ।

भरतपुर महानगरपालिका–१२ का वडाध्यक्ष लेखराज पन्तका अनुसार दुर्लभ जङ्गली जनावर अवलोकनका लागि यो ताल महत्वपूर्ण मानिन्छ । उहाँले भन्नुभयो, “गैँडाले पानी खाने ताल भएकाले राइनो ताल भनिएको हो, यहाँ गैँडासँगै विभिन्न प्रजाति चरा, गोही, हरिण, मृग, जरायोलगायतका वन्यजन्तु हेर्न पाइन्छ ।” विशेष गरी दुर्लभ वन्यजन्तुको लागि यो ताल महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

साथै वडाध्यक्ष पन्तले राइनो ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “राइनो ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ, यो भ्रमण वर्षको अवसरमा प्रचारप्रसारलाई अलि अगाडि बढाउन सक्यो भने बिसहजारी ताल र बाटुली पोखरीमा जस्तै पर्यटकको आगमन वृद्धि गर्न सकिन्छ ।”

उहाँले तालसम्म सडक बाटो ग्राबेल गरिएकाले साना ठूला सबै किसिमको सवारी साधनमा पुग्न सकिने बताउनुभयो । राइनो तालमा ड्याम निर्माणका साथै वन्यजन्तु अवलोकनका लागि मचान, विश्रामस्थल, शौचालयलगायत विभिन्न भौतिक संचरना पनि निर्माण गरिएको छ ।

रामबेल समुदायिक वनका अध्यक्ष माधव धितालका अनुसार राइनो ताल सात हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो ताल दुई मिटरदेखि साढे पाँच मिटरको गहिराइ रहेको छ । राइनो तालमा सुक्खा मौसममा पनि पानी प्रशस्त हुने भएकाले वन्यजन्तुका लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राइनो तालमा सुक्खा मौसममा पनि पानी प्रशस्त रहने भएकाले वन्यजन्तुका लागि महत्वपूर्ण छ, तालमै पानीको स्रोत भएकाले पानी सुक्दैन ।”

यो ताल अवलोकनका लागि मासिक दुई हजारको हाराहारीमा पर्यटक आउने गरेका छन् । भरतपुर भ्रमण वर्ष २०२४ घोषणापछि मात्र यहाँ आउने पर्यटकको रेकर्ड राख्न सुरु गरिएको हो । दुई महिनायाता यहाँ आउने पर्यटकहरुको रेकर्ड राख्न सुरु गरिएको हो ।

ताल अवलोकन गर्न आउने पर्यटकका लागि रु २० प्रवेश शुल्क लिने गरिएको छ । भरतपुर भ्रमण वर्ष सुरु भएपछि पर्यटक आवागमनका वृद्धि हुँदै गएको वनका अध्यक्ष धितालको भनाइ छ । राइनो ताललाई विसं २०६२ देखि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सुरु गरिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49