काठमाडौं / जर्मनीले लगातार दोस्रो खेल खेल्दै युरो २०२४ को अन्तिम १६ मा स्थान पक्का गरेको छ ।
युरो २०२४को आयोजक समेत रहेको जर्मनीले समूह ‘ए’अन्तर्गत बुधबार भएको खेलमा हंगेरीलाई २–० ले पराजित गर्दै जर्मनी नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ ।
दुई खेलबाट ६ अंकसहित जर्मनी समूह ‘ए’ को शीर्ष स्थानमा छ ।
स्टुटगार्ड एरेनामा भएको खेलमा जमाल मुसिएलाले २२औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि कप्तान इल्के गुन्डागोनले ६७औं मिनेटमा जर्मनीका लागि दोस्रो गोल गरे ।
जर्मनीले समूहको पहिलो खेलमा स्कटल्याण्डलनाई ५–१ ले पराजित गरेको थियो ।
अब समूह को अन्तिम खेलमा जर्मनीले स्विट्जरल्याण्डसँग खेल्नेछ ।