२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

सदस्यता विवाद टुंग्याएर मात्र निर्वाचन गर्न माग

प्रकाशित मिति : २०८१ असार १६ गते

मकवानपुर / नेपाल प्रेस युनियन मकवानपुरले सदस्यता विवाद टुंगाएर मात्र नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेको छ । शनिबार एक विज्ञप्ती जारी गर्दै प्रेस युनियन मकवानपुरका अध्यक्ष सुबास विडारीले महासंघको निर्वाचन तालिका स्थगित गरी सदस्यता विवाद टुंग्याउन आग्रह गरेका हुन् ।

नेपाल पत्रकार महासंघको सदस्यता विवादलाई विधान अनुसार टुंग्याउन पत्रकार महासंघको नेतृत्वले उदासीनता देखाएकोप्रति युनियन मकवानपुरको ध्यानाकर्षण भएको उनले बताएका छन् ।

- ADVERTISEMENT -

Advertisement

‘महासंघकै शाखा तथा प्रदेश समितिको सिफारिस र पत्रकारले सदस्यताका लागि केन्द्रीय निर्वाचन समितिमा दिएको आवेदनको उजुरीलाई समेत वेवास्ता गर्ने, जिल्ला तथा प्रदेश समितिलाई धम्कीपूर्ण पत्रमार्फत् निर्वाचन समिति गठन गर्न निर्देशन दिएर महासंघ जस्तो लोकतान्त्रिक संस्थाले अलोकतान्त्रिक चरित्र देखाएको युनियन मकवानपुरको ठहर छ ।’, उनले भने ।

‘केन्द्रको हस्तक्षेपकारी निर्देशन अनुरुप मकवानपुर जिल्लामा गठन गरिएको गैरपत्रकार सदस्य रहेको निर्वाचन समिति तत्काल खारेज गर्न युनियन मकवानपुर जोडदार माग गर्दछ ।’ अध्यक्ष बिडारीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेपाल पत्रकार महासंघले मतदाताको अन्तिम नामावली भन्दै क्रियाशील पत्रकारहरुलाई हटाएर पत्रकारिता पेशामा आवद्ध नभएका व्यक्तिहरुलाई समावेश गरी सार्वजनिक गरेको नामावली प्रेस युनियन मकवानपुरलाई स्वीकार्य नभएको पनि उनले बताए ।

प्रेस युनियन मकवानपुरले महासंघ मकवानपुरको कार्यालयमा शुक्रबार राति सवा ११ बजे विभिन्न माग गर्दै तालाबन्दी गरेको छ । नेपाल पत्रकार महासंघका कुनै वैध संरचनाबाट सिफारिस नगरिएका गैर पत्रकारको सदस्यता खारेज गर, पत्रकार महासंघका शाखा, प्रदेश समितिले विधान, विधि, प्रक्रिया अनुसार सिफारिस गरेका सदस्यता कायम गर, प्रक्रिया पुगेका क्रियाशील पत्रकारलाई सदस्यता प्रदान गर, नेपाल पत्रकार महासंघलाई विधान अनुसार सञ्चालन गर लगायतको माग राख्दै युनियनले महासंघको कार्यालयमा तालाबन्दी गरेको हो ।

एकपक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाएमा त्यसको परिणाम महासंघलाई विधि विपरीत सञ्चालन गर्न चाहनेहरुले नै व्यहोर्नुपर्ने अध्यक्ष बिडारीले विज्ञप्तीमार्फत चेतावनी दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49