काठमाडौँ / पोर्चुगल युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाए पनि गोलकिपर डिएगो कोस्टा नायक बनेपछि पोर्चुगल क्वाटरफाइनलमा पुगेको हो ।
पोर्चुगलले स्लोभेनियालाई पेनाल्टी सुटआउटमा ३–० ले हराएर युरो २०२४ को क्वाटरफाइनलमा स्थान सुनिश्चित गरेको हो ।
- ADVERTISEMENT -

निर्धारित र थप ३० मिनेटको खेल गोलहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । जहाँ पोर्चुगलका किपर नायक बन्दै तीन पेनाल्टी बचाए ।
त्यसअघि नै अतिरिक्त समयमा पोर्चुगलले पेनाल्टी पाएको थियो । तर, क्रिस्टियानो रोनाल्डोको पेनाल्टी प्रहार स्लोभेनियाका गोलकिपर जान ओबलाकले बचाएका थिए ।










































