काठमाडौं / कोपा अमेरिका २०२४ को सेमिफाइनल खेलमा अर्जेन्टिना र क्यानडा भिड्दै छन् । साविक विजेता अर्जेन्टिनाले बुधबार बिहान हुने सेमिफाइनलमा क्यानडासँग खेल्दैछ ।
यसैबीच प्रशिक्षक लियोनल स्कालोनीले लिओनल मेसी कोपा अमेरिका २०२४ को सेमिफाइनल खेल्न फिट रहेको बताएका छन् ।
- ADVERTISEMENT -

मेसीको ह्याम्स्ट्रिङको चोटको विषयमा चासो भइरहे पनि उनी क्यानडाविरुद्ध खेल्न फिट रहेको प्रशिक्षक स्कालोनीको भनाइ छ ।
अर्जेन्टिना र क्यानडा जारी कोपामा दोस्रो पटक आमने सामने हुँदैछन् । यसअघि पहिलो खेलमै अर्जेन्टिनाले क्यानडालाई २(० ले पराजित गरेको थियो ।










































