February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

युरो २०२४ सेमिफाइनल : स्पेन र फ्रान्स भिड्दै

July 9, 2024

काठमाडौं / युरो २०२४ को पहिलो सेमिफाइनलमा आज (मंगलबार) स्पेन र फ्रान्स भिडेदै छन् । म्युनिखस्थित म्युनिख फुटबल एरेनामा खेल नेपाली समय अनुसार राति १२.४५ बजे हुनेछ ।

स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनीलाई हराएको थियो । मिकेल मेरिनोले अतिरिक्त समयको पनि अन्तिममा निर्णायक गोल गरेपछि स्पेनले जर्मनीलाई २–१ ले पराजित गरेको थियो ।

उता फ्रान्सले क्वाटरफाइनलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।

दुई पूर्वविजेता बीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

- ADVERTISEMENT -