काठमाडौं / युरोकप २०२४ को दोस्रो सेमीफाइनलमा इंग्ल्यान्ड र नेदरल्यान्ड्स भिड्दै छन् । युरोपका दुई ठूला फुटबल शक्तिबीच आज (बुधबार) राति नेपाली समय अनुसार १२ः४५ बजे खेल हुँदैछ ।
इंग्ल्यान्डले दोस्रो सेमिफाइनल खेल्दैछ जसअनुसार युरोकपको उसको लगातार दोस्रो फाइनल प्रवेशको लक्ष्य हो । पछिल्लो युरोमा पनि इंग्ल्यान्ड फाइनल पुगेको थियो ।
- ADVERTISEMENT -
यस युरोमा इंग्ल्यान्डले अहिलेसम्म सामना गरेका विपक्षी टिममध्ये नेदरल्यान्ड्स नै सबैभन्दा उच्च वरीयताको टिम हो ।
नेदरल्यान्ड्स सन् १९८८ यता युरोको फाइनल पुगेको छैन् । त्यो वर्ष उसले उपाधि नै जितेको थियो । नेदरल्यान्ड्स सन् २००४ यता पहिलो युरो सेमिफाइनल खेलिरहेको छ ।
- ADVERTISEMENT -
आज हुने युरोकप सेमीफाइनलको भिडन्त निकै रोमाञ्चक हुने खेल विश्लेषकहरुको अनुमान छ । यससँगै युरोकप २०२४ को उपाधिको लागि आजका विजेताले स्पेनसँग फाइनलमा भिड्ने छन् ।