२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

धरहरा चढ्न आजदेखि सर्वसाधारणका खुला, प्रवेश निःशुल्क

प्रकाशित मिति : २०८१ आश्विन ३ गते

काठमाडौं / काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा आज (बिहीबार) देखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । २७ भदौको मन्त्रिपरिषद् बैठकले खुला गर्ने निर्णय गरेको थियो । संविधान दिवसको अवसर पारेर धरहरा खुला गरिएको हो ।

धरहरामा दैनिक ५ सय जनालाई चढ्न दिन व्यवस्था गरिनेछ । परियोजनाका प्रमुख कोषनाथ अधिकारीका अनुसार, टिकट काट्नको लागि वेबसाइटको तयारी भइरहेको छ । यदि वेबसाइटमार्फत टिकट काट्न सम्भव नभएमा धरहरा परिसरमै भौतिक टिकट काट्ने व्यवस्था गर्ने तयारी पनि छ ।

- ADVERTISEMENT -

Advertisement

धरहराको प्रवेश टिकट अहिलेको लागि निःशुल्क छ र पार्किङ पनि निःशुल्क हुनेछ । चढ्नेहरूले दुईवटा विद्युतीय लिफ्टको प्रयोग गर्न पाउनेछन्, र माथि पुग्न र तल झर्नका लागि करिब १० मिनेट बिताउन पाउनेछन् । फोटो र भिडियो खिच्न पनि अनुमति हुनेछ ।

धरहरालाई सञ्चालन र व्यवस्थापनको लागि कार्यविधि बनाउँदै गर्दा मन्त्रिपरिषदले यसलाई खोल्ने निर्णय गरेको हो, जसका कारण राम्रो तयारी गर्न सकिएको छैन । भूकम्पले भत्किनुअघि धरहरा सञ्चालनको जिम्मा काठमाडौं महानगरपालिकामा थियो, तर नयाँ धरहरा बनेपछि महानगरपालिकाले फेरि संघीय सरकारसँग जिम्मा दिने अनुरोध गरेको छ ।

धरहराको भित्री संरचना २२ तलाको छ, जबकि बाहिरी स्वरूप पुरानै ११ तला जस्तो देखिन्छ । भूकम्पका कारण भत्किएको पुरानो धरहरा संरचना सुरक्षित राखिएको छ र खुला रुपमा अवलोकन गर्न सकिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49