March 15, 2025
- ADVERTISEMENT -

भानु मेमोरियलमा रक्त समूह तथा दुर्लभ समूह पहिचान

September 26, 2024

चितवन / रत्ननगर नगरपालिका वडा नं–१६ वडा कार्यालय र पिठुवा स्वास्थ्यचौकी वडा नं–१६ को संयुक्त आयोजना एवं भानु मेमोरियल एकेडेमी स्कुलको सहयोेगमा विद्यालयमा विद्यार्थीहरुको लागि रक्त परीक्षण तथा दुर्लभ रगत पहिचान कार्यक्रम सम्पन्न भएको छ ।

भानु मेमोरियल सेकेन्डरी स्कुलका अध्यक्ष इन्द्रबहादुर अधिकारीको अध्यक्षता एवं रत्ननगर–१६ का अध्यक्ष हेमराज थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा यही असोज ७, ८ र १० गते रक्त समूहको पहिचान ९ब्लर्ड ग्रुपिङ० तथा दुर्लभ रक्तसमूह भएका विद्यार्थीको अभिलेखीकरण गरिएको थियो ।

सो अवसरमा प्रमुखअतिथि रत्ननगर–१६ का अध्यक्ष हेमराज थापाले पछिल्लो समय समुदायमा रक्तदान गर्नुपर्छ भन्ने चेतना अभिवृद्धि हुँदै गएको र परेका बेला सबैले आआफ्नो ठाउँबाट रक्तदानजस्तो महान् कार्य सञ्चालन हुँदै आएको बताए ।

उनले रक्त समूहको पहिचान भएमा आकस्मिक समयमा काम लाग्ने मात्र नभएर दुर्लभ समूह भएका विद्यार्थीको ब्लर्ड ग्रुपिङबारे जानकारी राख्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको र यो अभियान वडाभरि नै सञ्चालन गरिने बताए । उनले रगत महत्त्व, रक्तदानको आवश्यकता र हरेक स्वस्थ मानिसले अनिवार्य रक्तदान गर्नुपर्नेमा विद्यार्थी तथा अभिभावकहरुमा अनुरोध गरेका थिए ।

सो अवसरमा पिठुवा स्वास्थ्यचौकी प्रमुख नरहरि श्याम शर्माले रगत कुन बेला कसलाई आवश्यक पर्छ र कुन समयमा कस्तो आकस्मिक अवस्था आउँछ भन्ने ठेगान नभएकाले आपत्कालीन समयमा सहयोग पुगोस् भन्ने उद्देश्यले ब्लर्ड ग्रुपिङ तथा दुर्लभ रक्तसमूह पहिचान गर्न सो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

उनका अनुसार भानु मेमोरियल एकेडेमीको कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुमा असोज ७, ८ र १० गतेसम्म सञ्चालन गरिएका कार्यक्रममा १८६ जनाको रक्त समूहको पहिचान तथा १० जनाको दुर्लभ रक्तसमूह पहिचान भएको थियो ।

गीता ढुङ्गानाले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका सञ्चालक डिके थापा र सहायक प्राचार्य विजय पुरीले मन्तव्य व्यक्त गरेका थिए भने वडा सचिव मञ्जु पौडेल र ल्याब असिस्टेन्ट कविता ढकालले सहजीकरण गरेका थिए । सो अवसरमा १८६ जनाको रक्त समूहको पहिचान गरी कार्डसमेत वितरण गरिएको थियो ।

- ADVERTISEMENT -