२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भानु मेमोरियलमा रक्त समूह तथा दुर्लभ समूह पहिचान

प्रकाशित मिति : २०८१ आश्विन १० गते

चितवन / रत्ननगर नगरपालिका वडा नं–१६ वडा कार्यालय र पिठुवा स्वास्थ्यचौकी वडा नं–१६ को संयुक्त आयोजना एवं भानु मेमोरियल एकेडेमी स्कुलको सहयोेगमा विद्यालयमा विद्यार्थीहरुको लागि रक्त परीक्षण तथा दुर्लभ रगत पहिचान कार्यक्रम सम्पन्न भएको छ ।

भानु मेमोरियल सेकेन्डरी स्कुलका अध्यक्ष इन्द्रबहादुर अधिकारीको अध्यक्षता एवं रत्ननगर–१६ का अध्यक्ष हेमराज थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा यही असोज ७, ८ र १० गते रक्त समूहको पहिचान ९ब्लर्ड ग्रुपिङ० तथा दुर्लभ रक्तसमूह भएका विद्यार्थीको अभिलेखीकरण गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

सो अवसरमा प्रमुखअतिथि रत्ननगर–१६ का अध्यक्ष हेमराज थापाले पछिल्लो समय समुदायमा रक्तदान गर्नुपर्छ भन्ने चेतना अभिवृद्धि हुँदै गएको र परेका बेला सबैले आआफ्नो ठाउँबाट रक्तदानजस्तो महान् कार्य सञ्चालन हुँदै आएको बताए ।

उनले रक्त समूहको पहिचान भएमा आकस्मिक समयमा काम लाग्ने मात्र नभएर दुर्लभ समूह भएका विद्यार्थीको ब्लर्ड ग्रुपिङबारे जानकारी राख्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको र यो अभियान वडाभरि नै सञ्चालन गरिने बताए । उनले रगत महत्त्व, रक्तदानको आवश्यकता र हरेक स्वस्थ मानिसले अनिवार्य रक्तदान गर्नुपर्नेमा विद्यार्थी तथा अभिभावकहरुमा अनुरोध गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

सो अवसरमा पिठुवा स्वास्थ्यचौकी प्रमुख नरहरि श्याम शर्माले रगत कुन बेला कसलाई आवश्यक पर्छ र कुन समयमा कस्तो आकस्मिक अवस्था आउँछ भन्ने ठेगान नभएकाले आपत्कालीन समयमा सहयोग पुगोस् भन्ने उद्देश्यले ब्लर्ड ग्रुपिङ तथा दुर्लभ रक्तसमूह पहिचान गर्न सो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

उनका अनुसार भानु मेमोरियल एकेडेमीको कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुमा असोज ७, ८ र १० गतेसम्म सञ्चालन गरिएका कार्यक्रममा १८६ जनाको रक्त समूहको पहिचान तथा १० जनाको दुर्लभ रक्तसमूह पहिचान भएको थियो ।

गीता ढुङ्गानाले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका सञ्चालक डिके थापा र सहायक प्राचार्य विजय पुरीले मन्तव्य व्यक्त गरेका थिए भने वडा सचिव मञ्जु पौडेल र ल्याब असिस्टेन्ट कविता ढकालले सहजीकरण गरेका थिए । सो अवसरमा १८६ जनाको रक्त समूहको पहिचान गरी कार्डसमेत वितरण गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09