२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

इच्छाकामना न्युजको सातौं वार्षिकोत्सव

१५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण
प्रकाशित मिति : २०८१ मंसिर २ गते

इच्छाकामना / जलवीरेमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट इच्छाकामनाका १५० जनाले सेवा लिएका छन् । इच्छाकामना ब्रोडकास्टिङ मिडिया प्रालिद्वारा सञ्चालित इच्छाकामना न्युज डटकमले सातौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको उक्त कार्यक्रममा देव हस्पिटल प्रालि भरतपुरका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा कविन न्यौपानेको संयोजनमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविरमा उच्च रक्तचाप, मधुमेह, थाइरोइड, कलेजो तथा फोक्सोसम्बन्धी समस्या, बाथरोग, घुँडा खिइएको, नसा च्यापिएकोलगायत हाडजोर्नीसँग सम्बन्धित सम्पूर्ण रोगको परीक्षण, मिर्गौला तथा पित्तथैलीको पत्थरी, हाइड्रोसिल, हर्निया, जनरल सर्जरीसम्बन्धी परीक्षण गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

यस्तै, बालबालिकामा देखिने रोगहरुको परीक्षण तथा महिलाहरुमा हुने महिनावारी गडबडी, सेतो पानी बग्ने समस्या, पाठेघरसम्बन्धी समस्याको विषयमा पनि परीक्षण गरिएको हो । इच्छाकामनावासीको स्वास्थ्योपचारमा थोरै टेवा पु¥याउने उद्देश्यले निःशुल्क स्वास्थ्य परीक्षण गराएको इच्छाकामना न्युजका सञ्चालक चित्र ‘सोल्टी’ गुरूङले जानकारी दिए ।

सञ्चार क्षेत्रमार्फत समाजलाई सचेत गराउनुका साथै संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य क्षेत्रमा समेत सानो प्रयास गरिएको उनको भनाइ थियो । भरतपुरको देव हस्पिटल प्रालि र मुग्लिन बजारको हाइवे फार्मेसीसँगको सहकार्यमा स्वास्थ्य परीक्षण गरिएको हो । परीक्षणका क्रममा समस्या देखिएकाहरुलाई निःशुल्क औषधिसमेत प्रदान गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

वागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले सञ्चार जगतमार्फत् समाज रूपान्तरण गर्ने प्रयासमा रहेको सञ्चारगृहले इच्छाकामनाका नागरिकको स्वास्थ्यमाथि चिन्ता जनाउनु ज्यादै सह्राहनीय काम भएको बताए । ‘एउटा सञ्चारमाध्यमले गरेको यो काम जनताको लागि यसै पनि फलदायी भयो नै । सरकारलाई समेत सहयोग पुगेको छ,’ उनले भने ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले नागरिकको स्वास्थ्यको लागि सञ्चारमाध्यमले खेलेको भूमिका सकारात्मक भएको बताए ।

भरतपुरमा रहेको देव हस्पिटल प्रालिले भने इच्छाकामना गाउँपालिकाभित्रका नागरिकलाई अस्पतालबाट प्राप्त सबै सुविधामा २० प्रतिशत छूट दिने घोषणा गरेको छ । दूरदराजमा रहेका नागरिकको स्वास्थ्योपचारको लागि अस्पतालले सकेको सुविधा दिने अस्पतालका हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा कविन न्यौपानेले जानकारी दिए ।

शिविरको समुद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवाल, वडा नं. ३ का वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता नर बहादुर नेपाल, वडा नं. ६ का वडाध्यक्ष लक्ष्मण चेपाङ, वडा नं. ६ निवर्तमान वडाध्यक्ष भुपेन्द्र चेपाङ, जलदेवी टोल विकास संस्थाका अध्यक्ष अमर अधिकारी, मस्र्याङ्गदी बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक कुमार श्रेष्ठ लगाएतको समेत उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68