२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

सागसब्जी बिक्रीबाट वार्षिक २६ लाख कमाउँदै स्याङ्जाका रेग्मी

प्रकाशित मिति : २०८१ मंसिर १४ गते

स्याङ्जा / व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर स्याङ्जाका एक किसानले रु २६ लाख आम्दानी गर्नुभएको छ । वालिङ नगरपालिका–६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा बेमौसमी सागसब्जी र बेर्ना बिक्री गरेर लाखौं आम्दानी गर्न सफल हुनुभएको हो ।

उहाँले अघिल्लो वर्षको कात्तिकदेखि यस वर्षको कात्तिकसम्ममा उत्पादन भएका सागसब्जी बिक्रीबाट रु २० लाख र बेर्ना बिक्रीबाट रु छ लाख आम्दानी भएको बताउनुभयो । उहाँले खेत तथा बारीमा काउली, बन्दा, गोलभेँडा, सिमी, बोडी, काक्रा, भण्टा, भिण्डी, मुला, खुर्सानी, प्याजलगायत सागसब्जी तथा बेर्ना बिक्री गर्दै आउनुभएको छ ।

- ADVERTISEMENT -

Advertisement

विसं २०५२ बाट व्यवसाय थाल्नुभएका रेग्मीले २०७४ सालमा ‘समर्पण कृषि फार्म’ दर्ता गर्नुभएको हो । व्यावसायिक रूपमा तरकारी तथा नर्सरी व्यवसाय गर्नुभएको २० रोपनीमध्ये आधा आफ्नै र आधा भाडामा लिनुभएको छ । “बीस रोपनी जग्गामध्ये झण्डै दुई रोपनीमा चारवटा टनेलमा नर्सरी छ र त्यहाँ विभिन्न प्रजातिका बिरुवा उत्पादन हुँदै आएको छ, बाँकी जग्गामा मौसमअनुसारका तरकारी बाली लगाउँदै आएको छु”, उहाँले भन्नुभयो ।

यहाँ उत्पादित सागसब्जी तथा बेर्ना पोखरा, स्याङ्जा, वालिङ तथा बुटवलमा बिक्री हुने गरेको छ । बाल्यकालदेखि कृषि पेशाप्रति इच्छा भएकाले लागे तापनि केही वर्षपछि खेतीसम्बन्धी तालिमले झनै निखारता ल्याएको उहाँले बताउनुभयो ।

कहिलेकाहीँ भारत तथा तराईबाट आउने सागसब्जीसित बजार प्रतिस्पर्धा गर्नुपर्दा गाह्रो भए पनि समग्रमा आफू यो पेशाबाट सन्तुष्ट रहेको उहाँले बताउनुभयो । कृषि ज्ञान केन्द्रलगायत कृषि क्षेत्रमा सक्रिय सङ्घसंस्थाले समय समयमा प्राविधिक ज्ञान दिने गरेकाले व्यवसाय सञ्चालनमा सहज भएको उहाँ बताउनुहुन्छ । कृषिकर्ममा उदाहरणीय कार्य गरेकामा २०७६ सालमा उहाँ राष्ट्रपतिबाट पुरस्कृत पनि हुनुभएको थियो । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46