२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

चितवनका गुरुङ समुदायले विविध कार्यक्रमसहित ल्होसार मनाउँदै

प्रकाशित मिति : २०८१ पुष १० गते

चितवन / गुरुङ समुदायको सबैभन्दा ठूलो पर्व ल्होसार चितवन जिल्ला लगायत देशैभर भव्यसँग मनाउने तयारी भइरहेको छ । जिल्लामा पुस १३, १४ र १५ गतेका दिन विभिन्न कार्यक्रमसहित मनाउने तयारी थालेको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम गुरुङले मङ्गलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

उनका अनुसार पुस १५ गते विशेष दिन भए पनि संघको जिल्ला समितिले १३ गते भरतपुर–१२ नौरङ्गेस्थित क्होइबो परिसरमा कार्यक्रम गर्ने तयारी रहेको जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

गतवर्ष नारायणी नदी किनारमा ल्होसार विशेष कार्यक्रम आयोजना गरेको प्ये ल्हु संघ चितवनले यसवर्ष भने आफ्ना सबै इकाइलाई सहभागी गराउँदै क्होइबो परिसरमा मनाउने योजना बनाएको उनले बताए । ‘यस वर्ष हामी संस्थाको लागि जमिन खरिद गर्ने र खरिदपछि संरचना निर्माणमा जुटेका छौँ,’ उनले भने, ‘त्यसकारण पनि ठूलो खर्च हुने गरी कार्यक्रम गर्ने योजनामा छैनौँ ।’
संस्कृति संरक्षणको लागि पनि पर्व मनाउने काम भने नरोकिने उनको भनाइ छ ।

‘ठूलो कार्यक्रम आयोजना गर्दा सोहीअनुसारको खर्च व्यवस्थापन गर्नुपर्ने बाध्यता हुन्छ,’ उनले भने, ‘त्यसकारण यसवर्ष सकेसम्म कम खर्च हुने गरी कार्यक्रम गर्ने तयारी गरेका छौँ ।’ विशेष गरी सांस्कृतिक कार्यक्रमलाई नै प्राथमिकतामा राखेर कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

‘मौलिक चुड्का नृत्य, बाह्रमासे घाँटु, मारूनीलगायतका मौलिक लोक नृत्य हाम्रा प्राथमिकतामा छन्,’ संघका अध्यक्ष गुरूङले भने, ‘हामीले नयाँ कार्यक्रम गर्नेभन्दा पनि पुरानो संस्कृतिलाई जोगाउने प्रयास गर्ने हो । १४ र १५ गते भने इकाइ समितिहरुमा विशेष कार्यक्रम गरेर ल्होसार मनाइने उनको भनाइ छ ।

चितवन जिल्लामा २०६० सालमा स्थापना भएको तमू प्ये ल्हु संघको ३३ वटा इकाइ समिति गठन भइसकेका छन् । ती सबै समितिले आ–आफ्नो तरिकाले पर्व मनाइने प्ये ल्हु संघ चितवनले जनाएको छ ।

गुरूङ समुदायले यसवर्षको पुस १५ को दिनमा गरूड वर्गलाई बिदाइ गर्दै नाग वर्गलाई स्वागत गरेर ल्होसार पर्व मनाउँदै छन् । हरेक वर्ष वर्ग परिवर्तन हुने दिनलाई नयाँ वर्षको रूपमा लिँदै आएका गुरूङहरुले ल्होसारलाई समुदायकै सबैभन्दा ठूलो सांस्कृतिक पर्वको रूपमा समेत लिने गर्दछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37