२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

आज मुस्लिम समुदायको महान् पर्व ‘इद उल फित्र’, नमाज र खुसी साटासाट गरी मनाउँदै

प्रकाशित मिति : २०८२ चैत्र ७ गते

काठमाडौं / इस्लाम धर्मावलम्बीहरूको एक महिना लामो कठोर आत्मसंयम र उपासनाको पर्व ‘रमजान’ सकिएसँगै आज (शनिबार) देशभरका मुस्लिम समुदायले हर्षोल्लासका साथ ‘इद उल फित्र’ मनाउँदै छन् । अरबी पात्रो हिजरी संवतको नवौँ महिनाभरि निराहार व्रत ९रोजा० बसेका बुवाआमा, युवा तथा बालबालिकाहरू आज बिहानैदेखि सामूहिक नमाज र खुसी साटासाटमा व्यस्त देखिएका छन् ।

आजको मुख्य आकर्षणका रूपमा राजधानीको घण्टाघरस्थित नेपाली जामे मस्जिद र काश्मिरी मस्जिदमा बिहानै विशेष नमाज पाठ गरिएको छ । मस्जिद तथा देशका विभिन्न भागमा रहेका ‘इदगाह’ हरूमा सामूहिक प्रार्थनापछि एक(अर्कामा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गर्ने भक्तजनहरूको ठूलो भिड लागेको छ । नमाज सम्पन्न भएपछि आगामी तीन दिनसम्म आफूभन्दा ठूला मान्यजनकोमा पुगेर आशीर्वाद लिने र मिठा परिकार खाएर खुसी मनाउने प्रचलन रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

इद सामाजिक सेवा र परोपकारसँग प्रत्यक्ष जोडिएको पर्व हो । ‘इद उल फित्र’ को शाब्दिक अर्थ नै दान गरेर गरिब र असहायलाई खुसी तुल्याउनु हो । यस अवसरमा प्रत्येक मुस्लिम परिवारले आफ्नो वार्षिक आम्दानी र बचतको साढे दुई प्रतिशत हिस्सा ‘जकात’ ९नगद वा जिन्सी दान० का रूपमा विपन्न वर्गलाई बुझाउनुपर्ने धार्मिक प्रावधान छ ।

यसका साथै, ‘सत्कार फितर’ अन्तर्गत प्रत्येक व्यक्तिले गहुँ वा सो बराबरको नगद दान गर्ने गर्दछन् । यो दान परिवारमा आमाको गर्भमा रहेको शिशुको नाममा समेत गर्नुपर्ने नियमले इस्लाम धर्ममा दानको महत्त्व कति छ भन्ने स्पष्ट पार्छ । यसरी सङ्कलन भएको सहयोग दीनदुःखी र असहायको जीविकोपार्जनमा खर्च गरिन्छ ।

पर्वको अवसरमा मुस्लिम समुदायले नयाँ वस्त्र पहिरिने, घरमा सेवई र खजुर जस्ता मीठा परिकारहरू तयार गरी पाहुनालाई सत्कार गर्ने गर्दछन् । एक महिनासम्म सूर्योदयदेखि सूर्यास्तसम्म अन्नजल त्याग गरी गरिएको ‘रोजा’ को अन्त्य भएसँगै आजको दिनलाई विजय र उत्सवको रूपमा लिइन्छ ।

यसै पावन अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । यो पर्वले नेपाली समाजमा रहेको धार्मिक सहिष्णुता, आपसी सद्भाव र भाइचाराको सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46