February 6, 2025
- ADVERTISEMENT -

भरतपुरमा ‘स्ट्रोन्गेष्ट इन चितवन’ प्रतियोगिता हुँदै

December 26, 2024

चितवन / स्वीट स्ट्रेन्थ ट्रेनिङ सिस्टमको आयोजनमा चितवनमा पहिलोपटक स्वीट क्लासिक २०२४ ‘स्ट्रोन्गेष्ट इन चितवन’ प्रतियोगिता हुने भएको छ ।

पौष १३ गते शनिबार भरतपुरमा हुने प्रतियोगितामा पुरुषतर्फ ६२ केजी, ६९ केजी, ७७ केजी, ८५ केजी मुनी वेट क्याटगोरी, ८५ केजीभन्दा माथिको वेट क्याटगोरी र महिलातर्फ ६० केजीमुनीका वेट क्याटगोरी र ६० केजीभन्दा माथि वेट क्याटगोरी गरी ७ वटा वेट क्याटगोरीमा प्रतिस्पर्धा हुने संस्थाका अध्यक्ष आकृत बरुवालले जानकारी दिए ।

प्रतियोगितामा चितवनबाट अन्तराष्ट्रिय बडी बिल्डिङ्ग एशोसिएशन (आईएफबिबि)का निर्णायक बोधबहादुर खड्का, प्रशिक्षक तथा खेलाडी दिनेश कँडेल, काठमाण्डौंबाट प्रशिक्षकहरु सुरज डंगोल, सुरज सिंह राना निर्णायकको रुपमा रहने कार्यक्रमका सचिव रोहित गुरुङ्गले बताए ।

प्रतियोगितामा चितवन जिल्लाभित्र सञ्चालनमा रहेका जिम हाउसहरुबाट २४ जना पुरुष र १४ जना महिला गरी ३८ जनाले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगितामा प्रत्येक क्याटगोरीमा प्रथम हुनेलाई ५ हजार, दोश्रो हुनेलाई ३ हजार र तेश्रो हुनेलाई २ हजार नगद सहित मेडल, गिफ्ट ह्याम्बर प्रदान गरिने कोषाध्यक्ष मारिया गुरुङ्गले जानकारी दिइन् । त्यस्तै पुरुष र महिलातर्फका ओभरअल बिजेतालाई रु १०–१० हजार नगद प्रदान गरिने छ ।

संस्थाका उप–सचिव सुधीर श्रेष्ठका प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र प्रतियोगितामा प्रमुख अतिथिको रुपमा एनवाईएफसिका अध्यक्ष सुकदेव कार्की रहने छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -