चितवन / नारायणी नदी किनारमा जारी १५औं संस्करणको चितवन महोत्सवमा तेस्रो दिन आज (शनिबार) कलाकारहरु हेमन्त शर्मा र एलिना चौहानको प्रस्तुती रहेको छ ।
महोत्सव प्रवर्द्धन समितिका संयोजक राजेन्द्र ओलीका अनुसार दिउँसो ११ः३० बजे म्याग्नेट सोलको लाइभ ब्याण्ड र जादुगर बलराम सरकारको जादु देखाइने छ भने २ बजेबाट शर्मा र चौहानको प्रस्तुती रहने छ ।
- ADVERTISEMENT -

यससँगै विविध साँस्कृतिक कार्यक्रम, स्थानीय कलाकारको समेत प्रस्तुती समेत रहने छ । जस अन्तर्गत नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, थारु कल्याणकारी सभा चितवन, नेपाल मगर संघ चितवन, प्रतिभा मञ्च–२०८१ विजेत कावासोती, तमु विद्यार्थी छोंज धि चितवन, नेपाल तामाङ धेदुङ चितवन, भुजेल सेवा समिति चितवन, चितवन डान्स सेन्टर नारायणगढ, नेपाल कुमाल समाज चितवनको प्रस्तुती र रो= प्रज्जु पौडेलको एकल नृत्य समेत रहने उनले बताए । ।
आज विदाको दिन भएकोले दर्शको उल्लेख्य उपस्थिति हुने आयोजकको अनुमान छ । पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ ।










































