२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

चितवनका तामाङ पत्रकारहरुलाई घेदुङको सम्मान

प्रकाशित मिति : २०८१ माघ ७ गते

– विना तामाङ

चितवन । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनले तामाङ पत्रकारहरुलाई सम्मान गरेको छ । तामाङ पत्रकार संघ चितवनका नयाँ निर्वाचित कार्यसमितिलाई आइतबार एक कार्यक्रमका बीच सम्मान गरिएको घेदुङका अध्यक्ष बाबुलाल थिङले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा संघका नयाँ कार्यसमितिलाई अध्यक्ष थिङ, उपाध्यक्ष नरजंग तामाङ, महिला उपाध्यक्ष पानुमाया थिङ, नेपाल तामाङ घेदुङ भरतपुर महानगरका उपाध्यक्ष शिवकुमारी लामा, कालिकानगरका अध्यक्ष पवित्रा लामा लगायतले संयुक्त रुपमा खादा लगाएर सम्मान गरेका हुन् ।

सम्मानित हुनेहरुमा अध्यक्ष प्रकाश ब्लोन तामाङ, उपाध्यक्ष सन्तोष तामाङ, सचिव प्रतिमा तामाङ, सहसचिव सुरेश थिङ, कोषाध्यक्ष युवक तामाङ, सदस्यहरु विना तामाङ, रश्मी तामाङ, प्रकाश लामालगायत रहेका थिए ।

सोही अवसरमा तामाङ पत्रकार संघ बागमती प्रदेशका कार्यसमिति सदस्य बबिलाल तामाङलाई पनि सम्मान गरिएको अध्यक्ष थिङले बताए । हालै हेटौंडामा सम्पन्न तामाङ पत्रकार संघ बागमती प्रदेशको दोस्रो अधिवेशनबाट तामाङ निर्वाचित भएका हुन् भने उक्त अवसरमा तामाङ पत्रकार संघ चितवनलाई बागमती प्रदेशको उत्कृष्ट जिल्लाको रुपमा सम्मान समेत गरेको थियो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेशका उपाध्यक्ष गोपीलाल घलान, सदस्य ज्ञानबहादुर पाख्रिन, नेपाल तामाङ घेदुङ भरतपुर महानगरका उपाध्यक्ष शिवकुमारी लामा, कालिकानगरका उपाध्यक्ष पवित्रा लामा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रम घेदुङ चितवनका अध्यक्ष बाबुलाल थिङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81