काठमाडौं / कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शन आइसिसी यू–१९ महिला विश्वकप २०२५ अन्तर्गत प्लेअफको खेलमा नेपालले मलेसियामाथि शुक्रबार सानदार जित निकालेको छ ।
जसअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको ४७ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
- ADVERTISEMENT -

मलेसियाको जोहरमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसिया १६.५ ओभरमा ४५ रनमै अलआउट भयो ।
नेपाल समूह ‘डी’ मा तीनै खेलमा पराजित भएपछि सुपर–६ मा पुग्न असफल भएको हो । नेपालले समूहमा बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग हार ब्यहोरेपछि १३ देखि १६औं स्थानको प्लेअफका लागि प्रतिस्पर्धा गरेको हो ।









































