२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

भरतपुरका तामाङवासीले मनाए सोनाम ल्होछार

शुभकामना आदानप्रदान, ठूलाबडाबाट आशीर्वाद ग्रहण
प्रकाशित मिति : २०८१ माघ १८ गते

– बबिलाल तामाङ

चितवन । चितवनको भरतपुरमा स्थित भरतपुर तामाङ नगर समाजले भोजाडस्थित छेच्यु थर्पलिङ गुम्बामा भव्य कार्यक्रम आयोजना गरेर बिहीबार सोनाम ल्होछार मनाएका छन् । हरेक वर्षझैँ यसवर्ष पनि देशैभर र विदेशमा पनि हर्षोल्लासका साथ सोनाम ल्होछार मनाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

समाजका अध्यक्ष इन्जिनियर सूर्यप्रकाश लामाका अनुसार यसवर्ष तामाङहरुले गरूड वर्गलाई बिदाइ गर्दै सर्प (नाग) वर्गको स्वागत गरेर २८६१औँ सोनाम ल्होछार मनाएका हुन् । तामाङ जातिको नयाँ वर्ष एवम् साँस्कृतिक पर्वको रुपमा रहेको सोनाम ल्होछारमा एकार्काबीच शुभकामना आदानप्रदान गरिनुका साथै ठूलाबडाबाट आशीर्वाद ग्रहण गरेका छन् ।

विगत १५ वर्षदेखि समाजले यही गुम्बामा नियमित ल्होछार मनाउँदै आएका छन् । ल्होछार पर्वले तामाङ जातिको अस्तित्व र पहिचान जोगाएको हुँदा यसलाई कालान्तरसम्म विशेष पर्वको रुपमा मनाउन आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं १० वडाअध्यक्ष परमेश्वर खनालले पानस दियो प्रज्वलन गरी उद्घाटन गरेका हुन् । उनले तामाङ समुदायको धर्म र संस्कृति जगेर्नाका लागि पूर्णरुपमा सहयोग रहने प्रतिबद्धता जनाए ।

नेपाल तामाङ घेदुङ बागमती प्रदेश सचिवालय समितिका सदस्य श्रीप्रसाद तामाङले कुनै समय तामाङ जातिको अस्तित्व मेटाउने कानुन बनाएर राज्यले तामाङ जातिमाथि अन्याय गरेको बताए । पछिल्लो समय सरकार केही लचिलो भए पनि तामाङ जातिलाई विभिन्न खालका अवसरबाट वञ्चित गराउँदै आएको उनको आरोप थियो । ‘हामीलाई मासिन्या जात भनेर हाम्रो अस्तित्व नै मेटाउन राज्य नै लागेको थियो,’ उनले भने, ‘अहिले अवस्था केही फेरिएको छ । तैपनि हामीले पाउनुपर्ने अधिकार अझै पाउन सकेका छैनौँ ।’

त्यसको लागि देशभरका तामाङ जातिको आवाज एउटै हुनुपर्ने उनले बताए । आजको पुस्ताले संस्कृति नजोगाए भावी सन्ततिलाई आफ्नो पहिचान खोज्न मुस्किल पर्ने हुँदा यसलाई पुस्तान्तरणको लागि पुरानो पुस्ताले निरन्तरता दिनु आवश्यक रहेको उनको भनाइ छ । ‘सोनाम ल्होछार भनेको तामाङ जातिको पहिचान हो, अस्तित्व हो,’ उनले भने, ‘हाम्रा पूर्खाले हामीलाई सुम्पिएको सम्पत्तिको संरक्षण हामीले नै संरक्षण नगर्ने हो भने हामीपछिका पुस्ता समस्यामा पर्नेछन् । त्यसैले संस्कृति जोगाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्छ ।’

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले भरपुर मनोरञ्जन प्रदान गरेका थिए । ल्होछारको अवसरमा गुम्बा परिसरमा चित्रकला प्रदर्शनी, खुला रक्तदानलगायतका कार्यक्रमसमेत आयोजना गरिएको थियो । त्यसबाहेक तामाङ समुदायमा विभिन्न क्षेत्रबाट योगदान दिएका व्यक्तिहरुलाई सम्मानसमेत गरेको थियो । भोजाडमा मात्र नभई तामाङ जातिको बसोवास रहेका बस्तीहरुमा धुमधामका साथ ल्होछार मनाएका छन् ।

कार्यक्रममा भरतपुर नगर तामाङ समाजका पूर्वअध्यक्ष गंगालाल लामा, पूर्वअध्यक्ष दिलमाया लामा, पूर्वअध्यक्ष पासाङ तामाङ, नेपाल तामाङ घेदुङ बागमती प्रदेशका सदस्य ज्ञानबहादुर पाख्रिन, तामाङ दुध पोखरीका अध्यक्षलगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा समाजका अध्यक्ष नीरबहादुर तामाङले स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष सूर्यप्रकाश लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46