२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026
२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026 Tuesday

‘एक्सपर्ट क्रिक क्वीज’को उपाधि वाल्मीकिको पोल्टामा

प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते

चितवन / चितवन जिल्ला क्रिकेट संघको आयोजना र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको मुख्य प्रायोजनामा भएको चितवनकै पहिलो ‘एक्सपर्ट क्रिक क्वीज–२०२५’ को उपाधि वाल्मीकि शिक्षा सदन भरतपुरले जितेको छ ।

एक्सपर्ट बेस क्याम्प भरतपुरमा आज (शुक्रबार) भएको फाइनलमा तीन विद्यालयलाई पछि पार्दै वाल्मीकिले उपाधि उचालेको हो । उपाधिसंगै वाल्मीकिले नगद २० हजार रुपैयाँ, आकर्षक ट्रफी, मेडल, प्रमाण पत्र, वीआइडीको तर्फबाट नगद पुरस्कार र एक्सपर्टको तर्फबाट आकर्षक उपहार प्राप्त गर्‍यो ।

- ADVERTISEMENT -

Advertisement

उपविजेतामा सिमित बनेको अरोमा इङलिस स्कुल भरतपुरले नगद १० हजार, आकर्षक ट्रफी, मेडल, प्रमाणपत्र, वीआइडीको तर्फबाट नगद पुरस्कार र एक्सपर्टको तर्फबाट आकर्षक उपहार प्राप्त ग¥यो ।

विजेता तथा उपविजेताहरुलाई नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्तराज पराजुली, चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पिया र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनका रिजनल म्यानेजर किरण पौडेल ‘नरहरी’ले पुरस्कार प्रदान गरे । निकै प्रतिस्पर्धात्मक बनेको फाइनलमा अर्बिट इङलिस स्कुल र नारायणी इङलिस पब्लिक स्कुल क्रमशः तेस्रो र अन्तिम स्थानमा रहे । उनीहरुलाई वीआइडीको तर्फबाट नगद पुरस्कार प्रदान गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

दुईदिन सम्म चलेको प्रतियोगितामा चितवनका १५ विद्यालयको सहभागिता रहेको थियो । चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाले विद्यार्थीहरुलाई क्रिकेट सम्बन्धी थप ज्ञान बढाउन यो क्वीज महत्वपूर्ण सावित भएको बताए । उनले आगामि दिनमा यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले विद्यार्थीहरुलाई अतिरिक्त ज्ञान हासिल गर्न यो कार्यक्रम महत्वपूर्ण सावित भएको बताए । उनले क्रिकेट संघसंग सहकार्य गरेर अघि बढ्ने बताए ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्तराज पराजुलीले पछिल्लो समय नेपालमा क्रिकेट क्रेज बढ्दै गएको अवस्थामा यो प्रतियोगिता महत्वपूर्ण सावित भएको बताए । यस प्रतियोगिताको बिहीबार जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष राजन कार्कीले समुद्घाटन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.08
152.68
European Euro
1
177.09
177.79
UK Pound Sterling
1
205.24
206.05
Swiss Franc
1
194.64
195.41
Australian Dollar
1
109.03
109.46
Canadian Dollar
1
110.10
110.54
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.57
9.61
Chinese Yuan
1
22.42
22.50
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.72
41.88
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.40
41.57
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.04
10.08
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.70
23.79
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.86
497.82
Bahrain Dinar
1
403.40
404.99
Omani Rial
1
395.01
396.57