२०८३ बैशाख ३१, बिहीबार
May 14, 2026
२०८३ बैशाख ३१, बिहीबार
May 14, 2026 Thursday

लमजुङे लाहुरेहरुसँग धन र मन छ, तर बुद्धि …

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते

– राजेश रुम्बा लामा

जैविक विविधताको धनी र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण लम्जुङ जिल्लामा गुरुङ जातिको बाहुल्यता रहे तापनि मगर तामाङ् मात्रै होइन जिल्लाको दक्षिणी भेकका टार, बजार तथा बेसीहरूमा क्षेत्री, ब्राह्मण, दमाई, कामी, सार्की, नेवार आदि जातिका मानिसहरू बसोवास गर्दै आएको पाइन्छ ।

- ADVERTISEMENT -

Advertisement

स्वभाविक रुपमा गुरुङ, मगर, तामाङ जाति बस्ने भएपछि लाहुरे नहुने कुरै भएन । राष्ट्रिय जनगणना २०७८ अनुसार लमजुङ जिल्लाको कूल जनसंख्या १ लाख ५५ हजार ८५२ जना बस्ने यस जिल्लाले धेरै देशको धेरै लाहुरे जन्मायो धेरै देशको बिकासमा टेवा पनि पु¥यायो होला तर लाहुरे भएर आफ्नो तलब भत्ता देशमा भित्र्याउने सिवाय समाज विकासको निम्ति खासै उल्लेखीय काम गरेको पाइएन, छैन । त्यसको ज्वलान्त उदाहरण हो सडक ।

पृथ्वी राजमार्गमा पर्ने तनहुँ जिल्लाको डुम्रे बजारदेखि लमजुङ सदरमुकाम पुग्न ४२ किलोमिटर दुरी छ  । स्रोतअनुसार २०२९ मा खन्न सुरु गरिएको सडक बेसीसहर ४२ किमीसम्म पु¥याउन साढे १ दशक लागेको थियो  । २०४६ मा ट्र्याक खुलेकोमा ५२ देखि सिंगल लेनको कालोपत्र थालिएको थियो । ४ वर्षमा ४२ किमी कालोपत्र भएपछि यो सडकको उद्घाटन गरेका थिए रे ।

त्यसपछि ५२ सालदेखि अहिलेसम्म हेर्ने हो भने डुम्रेदेखि आठ किमीभन्दा धेरै सडक स्तरोन्नति हुन सकेको छैन । मैले यहाँ निर किन लाहुरेको कुरा जोडे भने नेपालको कुनै पनि क्षेत्रमा विकासको पूर्वाधार निर्मण गर्न वा सुरुवाती गर्न नाराबाजी वा स्थानीयले आन्दोलन नगरी, सडक अवरुद्ध नगरे नहुने यदि त्यसो गरेपछि मात्रै सम्बन्धित निकायको ध्यान जाने हुँदा सो कुरा जोडिएको हुँ  ।

उसो त आन्दोलन नै सबै कुराको विकल्प भने होइन र राम्रो पनि होइन । तर कानमा तेल हालेर बस्ने र आँखमा पट्टि बाँधेर बस्ने निकायलाई झकझक्याउनुको विकल्प पनि त चाहियो ? यसमा लाहुरेहरुको ठूलो भूमिका हुन सक्द्छ । तर लाहुरे साबहरु फिर्तीको जिन्दगी कहाँ त्यसरी हल्लीखल्ली र जुलुस आन्दोलनमा बिताउँछन त ? बरु छोरा नातिलाई कसरी आफू जसरी लाहुरे बनाउने ? भन्ने ध्याउन्नमा हुन्छन् ।

दिनभरि कोही पुरानोशैलीको जीवनयापन गरेरै खेत बारी चुल्हो चौको त कोही भने अन्य विकसित राष्ट्र जाने र आफ्नो सपरिवार नै उतै सेटल गर्ने मनसायले भौतारी रहेका हुन्छन् । यसको ज्वलन्त उदाहरण हुन् बेसीशहर निवासी हर्कबहादुर गुरुङ तामाङ् ।

उमेरले ७० वर्ष पुगेका गुरुङ तामाङ् जीवनको १८ बसन्त सिंगापुर प्रहरीमै बित्यो । अब बाँकी रहेको जीवन पनि यो देश बाहिरै गएर बिताउने सोचमा हुनुहुन्छ त्यो पनि सपरिवार । उहाँ भन्नुहुन्छ “बाबु यहाँ भविष्य छैन । न अस्पताल गतिलो छ न त बिमारी पर्दा चितवन भरतपुर या त काठमाडौ लानलाई बाटो नै गतिलो छ । आफ्नो गाउँ ठाउँ पाखा पखेरु हेर्दा आफू जन्मेको माटो र जन्मदिने आमा बुवाको त्यो संघर्ष सम्झिँदा यहाँको हावा पनि हेर्दा छाड्न मन त कहाँ लागेको थियो र ? तर आफु जस्तै आफ्नो दुइ भाइ छोरा लाहुरे हुन नसकेकोले यहाँ बसेर भविष्य नाबिगारुन् र दुःख नपाउन् भन्नको लागि भए पनि आफू यो उमेरमा बाहिर जान लागेको उहाँको भनाइ छ ।

त्यसतै अर्का भारतीय पूर्व आर्मी बगबाहदुर गुरुङको पनि गुनासो त्यही छ । हाम्रो पालासम्म त लाहुरे भै खायो अबको केटाकेटी लाहुरे बाउ बाजेको तलब पेन्सिनमा रमायो अब त गाँजा तान्ने र साउदी मलेसियातिर जानेभन्दा अर्को उपाय छैन । हामी आफ्नो यौवन अवस्था अर्काको देश बचाउन र विकास गर्न मै बित्यो अहिले आएर आफ्नो सन्तानलाई सही बाटो देखाउन त सकेको छैन बाबु के देशको विकासको कुरा सोचेर बस्नु ! गुरुङले तितो मुख पार्दै भने । यी गुरुङ र तामाङ त प्रतिनिधि पात्र मात्रै हुन् ।

यस्तै अन्य धेरै पूर्व लाहुरेहरु छन् जो लमजुङ छाडेर काठमाण्डू, पोखरा, चितवन लगायत विभिन्न विकसित ठाउँमा बसाई सरि गैसकेका छन् । यसको अर्थ लाहुरेहरुले सुख र सुविधा खोज्दै ठाउँ छाडेर अन्तै हिँडे तर आफ्नो पुख्र्यौली थलोलाई सुविधा र सम्पन्न बनाउन तिर लागेन । मेरो यही प्रश्नको उत्तर दिँदै पूर्व नेपाली सेनाका जमदार कृष्णबहादुर तामाङ गुरुङ भन्नु हुन्छ यत्रो वर्ष देश र जनताको सेवा गरेकै हो तर के गर्ने भौगोलिक विकटतासँगै यहाँ रहेका राजनीतिक दलका नेताहरु पनि त्यस्तै भै दियो ।

जनता र यहाँको भौगोलिक अवस्थालाई हेरेर पूर्वाधार निर्माण गर्नुको सट्टा आआफ्नो दुनो सोझ्याउने आफ्नो पार्टीलाई गतिलो लेबी बुझाउने भन्दा अरु केही सोचेनन् । उहाँ थप्नुहुन्छ, – यस्तै पिछडिएका वर्ग र स्थानलाई उत्थान गर्ने नाममा माओवादीले त्यत्रो युद्ध गरे, त्यही पार्टीका नेता यसै जिल्लाका सांसद गुरुङ पटकपटक मन्त्री पनि बने खैत विकास ?

त्यसैगरी अर्को पार्टीको अर्को गुरुङ यसै प्रदेश नम्बर ४ का प्रथम मुख्यमन्त्री पनि बने, अझै संघीय मन्त्री पनि भए तर हुनु पर्ने विकास भएन । त्यसैले बाबु जनजाति भनेर सबै जनजाति कुलमान जस्तो, संतोख रोहित जस्तो हुन्न रहेछन् नत्र जनजाति पकट जिल्ला, जनजातिकै छोरा मन्त्री पटकपटक हुँदा पनि गर्न सकिने काम गरेन । उहाँको आक्रोस थियो ।

उसो त डुम्रे–बेसीशहर–चामे सडकको विकास र स्तरोन्नति अन्य जिल्लाको जसरी जुन रुपमा हुनु पर्ने हो त्यही हिसाबले तिब्र गतिमा नभए पनि सडकले लमजुङ जिल्लाको भिर पखेरा छिचोल्दै कुना टाकुरा नपुगेको भने होइन । भौगोलिक हिसाबले डाँडापाखा र मानव बस्तीको हिसाबले छरिएर रहेकाले पनि द्रुतगतिमा हुनु पर्ने विकास नभएकै हो । यदि बाटोको ट्रयाक खोले जसरी बाटोको स्तरोन्नति हुनु, सबै खाले सवारीसाधन आवतजावत सहज हुने हो भने यहाँ विभिन्न किसिमका बहुउपयोगी र बहुमूल्य जडीवुटीहरू पाइन्छन्, अनेर्कौ बहुमूल्य पत्थरहरू पाइन्छन् ।

दुधपोखरी, बाह्रपोखरी, मेमेपोखरी, घलेगाउँ, घनपोखरा, पुरानकोट, रागिनासकोट, तुर्लुङकोट आदि ऐतिहासिक एवं धार्मिक महत्त्वका पर्यटकीय स्थलहरूले गर्दा यस जिल्लाको आर्थिक सम्भावनालाई अत्यन्त माथि पुर्याउन मद्दत मिल्ने छ । यस जिल्लामा यातायात बाहेक विद्युतीकरणको पनि राम्रो सुविधा छ । केही वर्ष अगाडिसम्म लमजुङको बजेट जम्मा ७५ करोड थियो । चालु आर्थिक वर्ष ०७९-८० मा भने यो बढेर आठ अरब पुगेको छ । जसमध्ये डुम्रे–बेसीशहर–चामे सडक वहुर्षीय आयोजनालाई ६१ करोड २८ लाख रकम विनियोजन गरिएको छ ।

स्रोतको अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट चालु आर्थिक वर्ष ०७८-७९ मा वहुवर्षीय बजेट निर्वाचन क्षेत्र रणनैतिक सडकअन्तर्गत रेडबुकको पेज नम्बर १६३ मा समावेश योजनाअन्तर्गत विचौरको कुनाघाट–बेसीशहर सडकखण्ड निर्माणको लागि बोलपत्र आह्वान भइसकेको छ । एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक संघीय सरकारले निर्माण गर्नेछ ।

त्यसैगरी नेपाल सरकारले आर्थिक वर्ष २०८१-०८२ का लागि जिल्लाका सबै स्थानीय तहका लागि तीन अर्ब चार करोड ८१ लाख रुपैयाँ विनियोजन गरेको छ भने चारवटा नगरपालिका र चार गाउँपालिका रहेको यस जिल्लामा नगरपालिकाका लागि मात्रै एक अर्ब ८४ करोड ५३ लाख रुपैयाँ विनियोजन भएको छ । गाउँपालिकाको लागि एक अर्ब २० करोड २८ लाख रुपैयाँ विनियोजन भएको छ । सार्वजनिक बजेट विवरणअनुसार जिल्लामा चालुतर्फ दुई अर्ब ७७ करोड १३ लाख रुपैयाँ विनियोजन भएको छ र पुँजीगततर्फ २७ करोड ६८ लाख रुपैयाँ विनियोजन भएको देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.84
153.44
European Euro
1
179.03
179.73
UK Pound Sterling
1
206.44
207.25
Swiss Franc
1
195.59
196.35
Australian Dollar
1
110.80
111.24
Canadian Dollar
1
111.63
112.07
Singapore Dollar
1
120.11
120.58
Japanese Yen
10
9.69
9.72
Chinese Yuan
1
22.51
22.59
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.72
4.74
UAE Dirham
1
41.61
41.78
Malaysian Ringgit
1
38.89
39.04
South Korean Won
100
10.26
10.30
Swedish Kroner
1
16.40
16.47
Danish Kroner
1
23.96
24.05
Hong Kong Dollar
1
19.52
19.60
Kuwaity Dinar
1
498.91
500.87
Bahrain Dinar
1
405.25
406.84
Omani Rial
1
396.98
398.54