– मेकना तामाङ
मंगोल नेशनल अर्गनाइजेशन र डा. गोपाल गुरुङ :
नेपाली राजनीतिमा Racial Discrimination क्यान्सर कै रुप लिएर धेरै समयसम्म बसिरहेको छ ।
मानव अधिकारको लागि लडेका धेरै अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाहरु तथा मानव अधिकारकर्मीहरूले ८० प्रतिशत अहिन्दु मूलवासी नेपाली जनताको निम्ति क्रान्तिकारी कलम उठाउने नेपाली राजनीतिमा अदेखा सचाइ नामक विद्रोही पुस्तक लेखेर हामी मूलवासी मंगोलहरुको आखा बनेर नेपालमा जन्मनु भएको महामानव डा. गोपाल गुरूङको विचारलाई संसारभर फिजाइ मानव अधिकारको रक्षा गर्न सहयोग गर्नु भएकोमा आज उहाहरूलाई सम्झेर बैचारिक बहस नै मूलवासी मंगोलको हकहित र अधिकार एवं अस्तित्ब प्राप्तिको बाटो ठानेकोले सम्पुर्ण नेपाली जनतालाई पत्रपत्रिका, शोसल मेडिया मार्फत जानकारी दिन जमर्को गर्दै म मेकना तमाङ मंगोल भएर जन्मे,बाच्छु र मर्छु भन्दै नेपाली मूलवासी मंगोलहरुलाई आफू को हो ? किन हामी पछि प¥यौँ ? भनेर चिनाउन प्रयास गरेर यहाँहरूलाई प्रमाण र कारण्ँ निरन्तर पस्कदै जानेछु । हरेक अंक नछुटाई पढी दिनुहुन अनुरोध गर्दछु ।
नेपाली राजनीतिमा लोकतान्त्रिक बौद्धिक मानव अधिकारबादी डा. गोपाल गुरूङ क्रान्तिकारी राजनीतिज्ञ, पत्रकार, कवि, उपन्यासकार, कथाकार, लेखक, चित्रकार र बहु भाषा ज्ञाता हुनुहुन्थ्यो । नया दर्शन जन्माउने दार्शनिक डा गोपाल गुरूङले नेपालको इतिहास देखि बर्तमानसम्म नेपालको भविष्य माथि खेलबाड गर्दै क्रृरतापुर्वक विभिन्न हत्याकाण्ड मच्चाउदै र षडयन्त्रका विशालु कपटपुर्ण घटनाहरू घटाई यहाका ८० प्रतिशत अहिन्दु मूलवासी मंगोलहरूलाई एकलौटी रुपमा दमन र शोषण गर्नमा मस्त रहेका हिन्दु आर्य बाहुन क्षेत्रीको काला कर्तुतहरू पर्दाफास गरीदिनु भयो । सत्य र यथार्थ कुरा बोल्न र लेख्न आज म मा पनि आँट आएको छ ।
हरेक मूलवासी मंगोलहरू यहाहरूले बुझेर मात्र हुदैन । अब हामीमा राजनीतिक चेतना जाग्न पनि अत्यन्त जरुरी छ । डा. गोपाल गुरूङले हामीलाई सन् १९७२ बाट निरन्तर संघर्ष गर्दै सन् १९८९ जनवरी १ मा भद्रगोल जेलमा स्थापना गर्नु भएको मंगोल नेशनल अर्गनाइजेशनलाई १८ वर्षपछि निर्वाचन आयोगमा दल दर्ता गराएर राजनीतिक चेतनाबाट नै हाम्रो हक अधिकार लिन जान्नु पर्छ भन्नुभएको छ ।
बहुप्रतिभाशाली व्यक्तित्व भएका डा. गोपाल गुरूङका कृतिहरु नेपाली राजनीतिमा अदेखा सचाइ, नेपाल र सिक्किमको राजनीतिमा नौलो अछुत जनजाति फिरिङ्गे समुदायको सृजना, अस्तित्वको खोज मंगोलको र एम एन ओ मा पी एच डि र नेपाली राजनीतिमा मंगोलबाद, बाहुबाद र माओबाद जस्ता पुस्तकहरू एवं न्यूलाइट पत्रिका र अंग्रेजी भाषामा छापिने थन्डर बोल्ड नामक पत्रिकामा निरन्तर लेख रचनाहरू प्रकाशन गर्नु भएर चीर निन्द्रामा निदाइ रहेका, मुख भएर पनि लाटो बनाइएका, आखा भएर पनि अन्धो बनाइएका, कान भएर पनि बहिरो बनाइएका हामी जस्तो बाटो विराएर अलमलिएर छटपटिएका अहिन्दु मूलवासी मंगोलहरूलाई विउझाउने, उठाउने र जुटाउने काम गर्न निरन्तर यहाहरूलाई प्रस्तुत गर्न चाहन्छु ।
कुनै देशलाई ध्वस्त गर्नका लागि लामो दुरीसम्म मार हान्न सक्ने मिसायल वा एटम बमको आवश्यकता पर्दैन वस त्यो देशमा शिक्षाको स्तर गिराइ दिए पुग्छ । महान राजनीतिज्ञ नेलशन मण्डेलाको यो भनाइले यो स्पष्ट हुन्छ, शिक्षा राम्रो पाएन भने ज्ञान हासिल गर्न असम्भव हुन्छ, त्यसैले अज्ञानताले भय पैदा गर्दछ, भयले अन्धविश्वास पैदा गर्दछ, अन्धविश्वासले अन्धभक्ति पैदा हुन्छ, अन्धभक्तिले व्यक्तिको विवेक शुन्य बनाई दिन्छ अनि जसको विवेक शुन्य हुन्छ उही मान्छे दासी हुन्छ । हामीमा बौद्धिक होइन विबेकशील बन्ने बेला आएको महसुस भएको छ ।
त्यसैले धर्ममा मानवता खोज्ने काम गर्नु पर्छ भन्ने कुरा खस आर्य र मंगोल मूलवासीहरू सवैले बुझौ । धर्मको नाममा हिजो शासकहरूले लेखेका धर्मका पुस्तक, कानूनी विभेदकारी कदमहरू, गलत रितीरिवाजहरूको जगमा बसेर ८० प्रतिशत अहिन्दु मूलवासीको अस्तित्व नै खतम बनाउने गरी गरेको क्रियाकलापले केवल अहिन्दु मूलवासीको मात्र वृति विकास तथा आर्थिक क्रान्ति, भौतिकक्रान्ति, शैक्षिकक्रान्ति रोकिदैन । समस्त देशको नै अहित हुने निश्चित छ ।
हिन्दु हामी किन मान्दैनौ भने हिन्दु धर्म पनि हैन ब्राम्हाणबाद मात्र हो । जहा बाह्ुन समुदायले मात्र उच्च र सवै खाले सुविधा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको हुन्छ । उदाहरण सायदै दिन नपर्ने हो । घाम जस्तै छर्लङ्ग छ । नेपालको राजनीतिक पार्टी प्रमुखहरू, नेपाल सरकारको उच्च ओहोदका कर्मचारीहरू, सवै तहका अदालतहरू, मालपोत कार्यालयहरू, बिश्व विधालय प्रमुख, सैनिक प्रमुख, प्रहरी प्रमुख, सरकारी कृटनीतिक नियोगहरू, दुतावास प्रमुखहरू, संसद एवं राष्ट्रिय सभा प्रमुख, विधालयहरु सवै क्षेत्रमा नगन्य अवस्थामा अल्पमतमा रहने गरी ८० प्रतिशत मंगोल मूलवासीहरूलाई छलकपट गरी कहिले राज्य एकीकरण, कहिले राणा शासन अन्त्य, कहिले प्रजातन्त्र प्राप्ति, कहिले पञ्चायती ब्यवस्था, कहिले बहुदलीय व्यवस्था, कहिले गणतन्त्र हुदै लोकतन्त्रसम्म आई पुग्दासम्म हाम्रा ८० प्रतिशत मूलवासी मंगोल समुदायले क्रान्तिको नाममा हाम्रै समुदाय मात्र बलिको बोका बनेर शहिद किन ? बन्न बाध्य भए ?
पछिल्लो अभ्यास गठ बन्दनको नाम दिएर बाहुन क्षेत्रीहरु लोकतन्त्र आइसक्दा पनि सवै दलहरुको प्रमुख बाहुन क्षेत्रीको बाहुल्यता रहेर पनि उनीहरु त्रसित भएर मंगोल नेशनल अर्गनाइजेशन पार्टीलाई दल दर्ता हुन नदिने अभ्यास निर्वाचन आयोग मार्फत प्रयास गरिनुमा के लोकतन्त्रको धज्जी उडाएको महसुस हुन्न र ? संविधानमा धर्म निरपेक्षता, लोकतन्त्र र प्रान्तियता लेखि सक्दा पनि ८० प्रतिशत मंगोल मूलवासीको अस्तित्वमा चोट पुराउन आदिबासी जनजाति आयोग नै गठन गरेर राज्य स्तरबाट नै हामीलाई अनागरिक बनाउन हाम्रै मंगोल मूलवासीहरूलाई प्रयोग गरी भ्रमको खेती गर्न तत्पर भई लागि परिरहेको स्पष्ट हुन्छ ।
धार्मिक अन्ध विश्वासमा राखेर यहाका हिन्दु बाहुन क्षेत्री समुदायले आफू सर्वोच्च र बुद्धिमानी भएको भ्रम फैलाएको स्पष्ट देखिन्छ । केही भ्रमहरू यहाहरूलाई सुनाउन चाहान्छु । ब्राम्हाण मुखबाट जन्मेको क्षेत्री बाहुबाट जन्मेको बैश्य टाङबाट जन्मेको शुद्र पैतालाबाट जन्मेको भनेर गलत शिक्षा दिने तर विज्ञानले र हामी आफैले त मानव सवै स्त्री योनीबाट जन्मेको प्रष्ट देखिन्छ, हनुमानले सूर्य निलेको भएर सूर्य ग्रहण भएको भनेर भ्रम फैलाएको तर सूर्यको तातोले त फलाम पनि पगाल्छ भने हनुमान कसरी जिवित भयो ।
नेपालको हर सरकारी विधालयमा सरस्वतीको मन्दिर नै राखेर विधाकी देवि भनेर भ्रम फैलाएर हिन्दु धर्मलाई प्रसय किन दिदैछ ? सरस्वतीले कति विषयमा पि एच डि गरे अर्थात कति कति कृतिहरू लेखे उहाले दिनु भएको ज्ञान के के हो स्पष्ट ब्याख्या नभइ राज्यको ढुकुटी किन खर्च गर्दै छ । सरकारी जमिनहरूमा हरेक बडा बडामा हेर्नुस सरकारी बजेटबाट गुफा भेटे पनि ढुंगा भेटे पनि भगवानको कथा रचेर कपोकल्पित भ्रम फैलाउन,े अरु धर्मको धार्मिक स्थलहरू सके तोडमोड गरेर नसके नजिकै हिन्दुहरूको मन्दिर बनाएर हिन्दुकरण लादेको स्पष्ट देखिन्छ ।
पशुपतिनाथको मन्दिर, मुक्तिनाथको मन्दिर, बुढानिलकण्ठ मन्दिर यीनीहरू उदाहरण मात्र हुन । म चितवन बासी भएकोले मेरो बरीपरि पनि धेरै उदाहरणहरू छन । सीतामाई, देउघाट, विक्रमबाबा जगत पुर हरेक वडामा २२ देखि २५ वटा मन्दिरहरू, हरेक विधालयमा सरस्वतीको मन्दिर बनाएर बुद्ध पनि विष्णुको अवतार बनाएर हरेक ठाउमा गुम्बा बनाएर बुद्ध धर्मको अपव्याख्या गरेर विभिन्न सम्प्रदायमा बिभाजित गरेर राज्यको ढुकुटी रित्याउने काम भएको कस्ले कति बेला बुझ्ने हो ?
महामानव सिदाह बुद्धले दिएको ज्ञान दर्शनलाई विश्व माझ फैलाएर आफूले पनि उहाको पञ्चशीललाई अनुसरण गर्ने कार्य गर्नुको सट्टा उहालाई अन्याय गर्ने कार्य भएको छ । त्यो खालको खर्च सरकारले शिक्षा क्षेत्रमा विधालयमा अभाव भएको शिक्षकहरू परिपुर्ति गर्ने, विधालयको भौतिक संरचना निर्माण गर्ने, अनुसन्धान तथा अविष्कार केन्द्रहरू सञ्चालन गर्ने, गरिव जनताहरूलाई शिक्षा मन्त्रालयले विषेश कार्य योजना बनाइ विधालय आउने बातवरण बनाउने योजना तयार गर्ने, दक्ष जनशक्ति तयार पारि देशमा उधोग कलकारखाना सञ्चालन गरी उत्पादनमा जोड दिएर उच्च पारिश्रमिक सहित रोजगार सृजना गर्ने जस्ता कार्यमा लगानी गरे के बाहुन ? के क्षेत्री ? के मंगोल मूलवासी ? भनेर कित्ताकाट गर्नु पर्छ ? र । हे बाहुन क्षेत्री दाज्यूहरू तपाईहरूको साघुरो सोच र अहमताले भरेको सोच चाडै परिवर्तन गरेर सवै मिलेर देश बनाउन म हार्दिक अपिल गर्दछु । सधै भ्रमको खेती गर्दाको परिणाम कस्तो आउछ, एउटा कथा स्ुनाउन चाहान्छु । एउटा लोभी र पापी मालिक बन्ने सपना लिएको मानिसले दुई वटा गोरू पालेको रहेछ । आफू जमान हुदा खेत धेरै जोतेर गोरुलाई जोताई अन्न धेरै फलेकोले झन खुसी हुदै धेरै खेत जोताउदै गोरुलाई काम धेरै लगाएर खाना कम दिएर धन कमाउन मस्त भएको थियो उसको उमेर पनि ढल्क्यो अनि गोरुको पनि बल घट्दै गयो । भने जति खेत जोताउन पनि सकेन अनि उत्पादन हुन पनि छोड्यो ।
सम्पति पनि कमाउन सकेन छोराछोरीलाई गोरु जोताउन त सिकायो तर गोरु पाल्न त सकेन नया गोरु नपाउने भयो ट्याक्टर किन्ने पैसा पनि भएन । अव के गर्ने ? सोच्न ढिला भई सकेको थियो हेर्दा हेर्दै अरु टेक्टर भएकाहरूले खेत जोतेर खाना थाले अनि ति मानिस अरुको घरमा कामको खोजी गरेर घर छोड्न बाध्य भयो । यहा कथाको पात्र लोभी र पापी मानिस हिन्दुबादले जन्माएको मान्छे, खेत नेपाल देश, गोरु आदिबासी जनजाति दलित, ट्रयाक्टर नया आधुनिक प्रविधि, ट्रयाक्टर मालिक ८० प्रतिशत अहिन्दु मूलवासी मंगोल लाई संकेत गरीएको छ । नेपालमा पहिलो पटक सन् १९५१ मा नाम मात्रको बहुदल आएको थियो ।
तर नेपालको राजनैतिक शासन सत्ताको बागडोर नेपाली जनताको हातमा नआएर राणा सम्धी खलकको हातबाट शाहको हातमा हस्तान्तरण गर्ने काम भयो । अन्ततः सन् १९६१ मा महेन्द्र शाहले बहुदलिय ब्यवस्था माथि प्रतिबन्द लगाएर निरकंूश पञ्चायती व्यवस्था लाद्न सफल भएका थिए ।
सन् १८८९ मा जेल जादा डा. गोपाल गुरूङ ५३ बर्षको हुनुहुन्थ्यो । नेपालमा सन् १९९० मा दोस्रो पटक बहुदल फर्कियो । बहुदल फर्किए पछि सवै राजनैतिक दलका राजनैतिक बन्दीहरू रिहा भए । जेल गएको १६ महिना जेल जिवन विताएर ५४ बर्षको उमेरमा १३ अप्रिल १९९० को दिन उहा जेल मुक्त हुनु भएको थियो । जेलमा भेट्न जानेहरू एमएस थापा, गोरे बहादुर खपाङ्गी, गोपाल किराती, विधान राई, विर नेम्बाङ आदिले तपाई जेलबाट छुट्नु भएपछि हामी संगठनमा आबद्ध भएर तपाईको नेतृत्व स्विकारेर अघि बढ्छौ भनेर आश्वासन दिएका थिए ।
तर उहा जेलबाट बाहिर आउनु हुदा एक्लो हुनुहुन्थ्यो, साथ दिन्छौ भन्ने हरू बाहिर कोहि पनि थिएनन् । सवै जना बलेको आगो ताप्न कांग्रेस, कम्यूनिष्ट र राजाबादीको पार्टी तिर गइसकेका थिए । यो चुर्नौती पुर्ण घडीमा संगठन विस्तारका लागि सुरुवात् कहाबाट कसरी गर्ने उहालाई गारो परेको थियो ।
समर्थकहरूलाई नै गोप्य रुपले एमएनओ केन्द्रीय सभा सदस्य बनाएर संचालनमा ल्याउनु भएको थियो । गोप्य रुपले निर्माण गरीएको सभामा लामा थुप्तेन शेर्पा पनि केन्द्रीय सदस्यमा थिए । नेताहरूलाई सार्बजनिक गर्दा पनि कसैले भड्काएर अन्तै तिर लगी दिन्छ कि भन्ने डर हुन्थ्यो । सन् १९९३ मा एमएनओ तदर्थ केन्द्रीय सभा गठन भएपछि मात्र सार्वजनिक गर्नु भएको थियो ।
उक्त तदर्थ सभामा प्रेसिडेण्ट गोपाल गुरुङ, महा मन्त्री टि.बि. फागो, सदस्यहरू किरण यक्तेन, मिना खालिङ, दिलिप राई, थुप्तेन शेर्पा लगाएतका सात सदस्यीय थिए । त्यस बेला मुल सचिव को ठाउमा महामन्त्री लेख्ने गरिन्थ्यो । २०४७ को संविधानले मंगोललाई मंगोल भन्न नदिएर मानव अधिकारको गला घोट्ने काम गरेका थिए । मंगोललाई लाग्नै नहुने संविधानको धारा ११३(३) लगाएर एमएनओ लाई दल दर्ता हुनबाट रोकेका थिए । जब कि संविधानको धारा २७(१) ले राजालाई हिन्दु आर्य भन्ने छुट दिएको थियो । २०४ सालमा प्रतिनिधि सभाको लागि राष्ट्रिय चुनाब घोषण भयो । निर्वाचन आयोगले दल दर्ताका लागि राजनीतिक दलहरूलाई आव्हान गरे । एमएनओ ले पनि चुनाबमा भाग लिनका लागि दल दर्ता गर्न निर्वाचन आयोग पुग्यो । मंगोल नेशनल अर्गनाइजेसनलाई दल दर्ता दिनु त कता हो कता निर्वाचन आयोगले निवेदन समेत लिन मानेको थिएन । निवेदन नै लिन नमाने पछि डा. गोपाल गुरूङले त्यहा रहेका विदेशी पत्रकारहरूको पनि ध्यानार्कषण हुने गरी अंग्रेजीमा भटटट पारेर चिच्याउन थाल्नु भयो । त्यो सुनेर विदेशी पत्रकारहरू भेला भएर सोधि खोजी गर्न थालेपछि मात्र निर्वाचन आयोगले निवेदन दर्ता गर्ने काम गरेका थिए । मंगोल नेशनल अर्गनाइजेसनलाई निर्वाचन आयोगले साम्प्रादयिक देखिन्छ भनेर दल दर्ता दिएनन् । दल दर्ताको लागि निर्वाचन आयोगको विरुद्धमा डा. गुरुङले सिङ्गल बेन्च, डिभिजन बेन्च हुदै सर्बोच्च सम्म सन् १९९२ देखि १९९५ सम्म ३ बर्ष मुद्धा लड्नु भएको थियो । एकाध नेवार वकिल बाहेक सवै बाहुन क्षेत्रीहरूले भरिएको न्यायलयमा उहा आफूले मुद्धा जित्छु भनेर लड्नु भएको थिएन । जसरी पनि बाहुन क्षेत्रीहरूले हराउने नै थियो । मुद्धा उहाले हार्नु भएन तर वेरितको भयो भनेर हराउने काम गर्यो । पियनदेखि न्यायधीश सम्म बाहुन क्षेत्री भएको न्यायलयमा साम्प्रादायिकताको परिभाषा दिन र मंगोल अनुहारका हरू पनि चुनौती दिन आउन थाल्यो भन्ने हेक्का रहोस भन्ने हेतुले मात्रै उहा ले मुद्धा लड्नु भएको थियो । आउने मंगोल भावी पिडीहरूले पनि त्यो देखेर सचिलो संग त्यहा पुगोस भन्ने उहाको उदेश्य थियो । २०४८ अघि अर्थात दलहरू निर्वाचन आयोगमा दर्ता हुनु भन्दा पहिलेको समयमा डा. गोपाल गुरूङ, गोरे बहादुर खपाङ्गी, एमएस थापा मगर, कमल छाराङहरू एउटै मञ्चमा उभिएर बोल्ने गर्थे । नेपाली राजनीतिमा मंगोलवाद (Mongolism in Nepalese Politics) मंगोलबाद के हो र किन ? संसारमा ३ प्रकारको मानव बर्णहरुको उत्पति भएको छ । संसारको विभिन्न भेगमा तिनीहरुलाई पहिला पहिला ज्यापाटाइज, सेमेटिक र हेमेटिक भनिन्थ्यो भने आज भोलि मंगोलाइड, ककसियस र निग्रोआइड भनिने गरिन्छ । मंगोलको शरीरको रंग पहेलो, ककसियसको सेतो र निग्रोआइड कालो रंगको हुन्छ । मंगोलहरुको उत्पति स्थान शिवलिग पर्वत श्रृंखलाको वरिपरि वर्तमान विश्ब भू राजनैतिक देशको नक्सामा पर्ने चिन, नेपाल र भारतमा भएको हो । आधुनिक विज्ञानले मानव उत्पति सम्बन्धमा (Human Evolution) बारे भनिएका तथ्यहरु यस प्रकार बर्णन गरिएको छ । सन् १०९४ मा रसियन बैज्ञानिकहरुको टोलीले मानव उत्पति बारे लामो अनुसन्धान पछि खोजबारे प्रकाशन गरे । संसारमा ३ फरक फरक अस्तित्व (Race) भएका मान्छेहरुको उत्पति संसारका विभिन्न फरक फरक स्थानमा भएको थियो । तिनीहरुलाई (Mongol) मंगोल, (Aryan) आर्यन र (Negro) निग्रो अर्थात् छोटकरीमा MAN पनि भनिने गरिन्छ । बैज्ञानिकहरुले नेपालको रुपन्देही जिल्लाको तिनाउ खोलाको किनारमा सडक निर्माणको कार्य गर्दा फेला पार्रिएको मानव अस्तिपञ्जर को DNA र तत्कालिन समयमा प्रयोग भएका औजारहरुको अनुसन्धान पछि नेपाल र तिव्वतको पहाडि क्षेत्र (एसिया महादेशको शिवलिग माउण्टेन) मा मंगोलहरुको उत्पति भएको प्रमाणित गरेको छ । अनुसन्धानले मंगोलहरुको उत्पति करिव १ करोड १० लाख बर्ष पहिले भएको जनाइएको छ ।
(लेखक एमएनओ महानगरका सदस्य हुनुहुन्छ ।)