२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026
२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026 Saturday
- ADVERTISEMENT -

आजदेखि एसइई सुरु, साढे दुई लाख बढीको सहभागिता

प्रकाशित मिति : २०८१ चैत्र ७ गते
File photo.

काठमाडौं / देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (बिहीबार) देखि सुरु भएको छ । दुई हजार ८० केन्द्रमा बिहान ८ बजेदेखि परीक्षा सुरु भएको परीक्षण नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसवर्ष दुई लाख ५७ हजार ७३० छात्रा, दुई लाख ५६ हजार ३११ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ३० जना परीक्षामा सहभागी छन् ।

- ADVERTISEMENT -

Advertisement

पाँच लाख १४ हजार ७१ परीक्षार्थीमध्ये १६ हजार ९४७ प्राविधिकतर्फका छन् । तिनका निम्ति केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक, सहयोगी कर्मचारी र सुरक्षाकर्मीसमेत गरी ७७ हजार ८१७ जना जनशक्ति खटाइएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यसपटकको एसईईमा सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र तोकिएको छ । बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार काठमाडौं र दैलेखका दुई कारागारबाट विद्यार्थीले एसईई दिइरहेका छन् । भक्तपुरको सुधार गृहबाट पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

यसवर्षको एसईईमा कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी भएका छन् । उक्त विद्यालयबाट चारजना एचआईभी संक्रमित विद्यार्थीले एसईई दिने नियन्त्रक पौडेलले जानकारी दिए ।

परीक्षा तालिकानुसार पहिलो दिन आज अनिवार्य अंग्रेजी विषय र संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत तथा मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा रहेको छ । परीक्षा चैत १९ सम्म सञ्चालन हुने तालिका छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73