२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

रास्वपाका अध्यक्ष रवि लामिछानेलाई थुनामा पठाउने तयारी

प्रकाशित मिति : २०८१ चैत्र २५ गते
File photo.

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई आज (सोमबार) रूपन्देही जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । शुक्रबार काठमाडौँको हात्तीगौंडाबाट पक्राउ गरिएका लामिछानेलाई शनिबार भैरहवा लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार, अदालतको कार्यालय समय शुरू भएपछि लामिछानेलाई उपस्थित गराइनेछ । अदालतमा पेश गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई आजै थुनामा पठाउने तयारी गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

लामिछानेविरुद्ध सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दा चलिरहेको छ । यसअघिको जिल्ला अदालत रूपन्देहीको आदेशलाई उल्ट्याउँदै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो ।

जिल्ला अदालतले लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर, लामिछानेले उक्त आदेश बदर गरी साधारण तारेखमा छुटको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए । सोही निवेदनको सन्दर्भमा उच्च अदालतले जिल्ला अदालतको निर्णय उल्ट्याउँदै उनलाई थुनामा पठाउन आदेश दिएको हो ।

शुक्रबारै उनलाई पक्राउ गरी भैरहवा लगिएको थियो भने शनिबार र आइतबार प्रहरी हिरासतमा राखिएको थियो । सार्वजनिक बिदाका कारण बाँकी कानुनी प्रक्रिया आजबाट मात्रै अघि बढ्ने भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81