April 19, 2025

कालिकानगरमा ४०५ जनाको निःशुल्क आँखा जाँच, ४२ जनामा मोतिया विन्दु

April 9, 2025
- ADVERTISEMENT -

चितवन / कालिकानगर नगरपालिकाको पदमपुर स्वास्थ्य चौकीमा ४ सय पाँच जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ । पदमपुर स्वास्थ्य चौकी वरपर रहेका विपन्न तथा गरिब परिवारलाई लक्षित गर्दै मंगलबार निःशुल्क आँखा शिविर कार्यक्रम गरिएको लायन्स क्लब अफ नारायणगढ नारायणीका अध्यक्ष रसु पियाले जानकारी दिइन् ।

आँखा शिविरमा ४२ जनामा मोतिया विन्दु देखिएको थियो भने ३४ जनालाई सोही दिन नै अस्पताल पठाइएको थियो । ५३ जनालाई चश्मा र निःशुल्क औषधी वितरण गरिएको अध्यक्ष पियाले बताइन् ।

कार्यक्रमको प्रमुख अतिथि लायनका एमजेएफ दुर्गा लक्ष्मी श्रेष्ठ रहेकी थिइन् । कार्यक्रमको संयोजकत्व क्लबका नैना मास्केले गरेकी थिइन् । शिविरमा वरिष्ठ नेत्र सहायक डा सुभाष सापकोटाले विरामीहरुको आँखा परीक्षण गरेका थिए ।

कार्यक्रममा आँखा बैंक कोर्डिनेटर छाया श्रेष्ठ, लायन्स क्लब अफ नारायणगढ नारायणीका पूर्व अध्यक्ष विना श्रेष्ठ, सचिव निरा श्रेष्ठ, कोषाध्यक्ष संगीता श्रेष्ठ र कोशिला धिताल, रन्जना श्रेष्ठ, पदमपुर स्वास्थ्य चौकीका प्रमुख हरिचन्द्र पोख्रेल, कालिकानगरका वडा नं. ४ का कार्यवाहक वडाध्यक्ष बाबुराम शर्मा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम लायन्स क्लब अफ नारायणगढ नारायणीका अध्यक्ष रसु पियाको अध्यक्षतामा सम्पन्न भएको थियो । विशुद्ध समाज सेवामा समर्पित लायन्स क्लबहरुले कालिकानगरमा यसअघि पनि आठ क्लबहरुको संयुक्त आयोजनामा वृहत स्वास्थ्य शिविर कार्यक्रम गरेको थियो ।

- ADVERTISEMENT -