२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भर्ना अभियानको सुरुवात, शिक्षकहरू दुई हप्तादेखि सडक आन्दोलनमा

प्रकाशित मिति : २०८२ बैशाख १ गते
file photo

काठमाडौं / नयाँ शैक्षिक सत्र २०८२ सँगै नेपालभर विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाको सुनिश्चितता’ भन्ने नाराका साथ सुरु गरिएको यस अभियानलाई सफल पार्न नेपाल सरकारले सम्पूर्ण अभिभावक, समुदाय तथा सरोकारवाला निकायहरुलाई आह्वान गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै सबै अभिभावकलाई विद्यालय जाने उमेरका बालबालिकालाई नजिकको विद्यालयमा भर्ना गराई नियमित रूपमा पढ्न पठाउन आग्रह गरेका छन् । उनले शिक्षा क्षेत्रलाई समृद्ध नेपालको आधार भन्दै गुणस्तरीय र रोजगारमुखी शैक्षिक जनशक्ति उत्पादनमा सबैको सक्रियता आवश्यक रहेको बताए । साथै, सरकारले शिक्षा क्षेत्रमा थप बजेट विनियोजन गर्ने, विद्यालय शिक्षा विधेयक २०८१ लाई छलफलमार्फत अघि बढाउने र दिगो विकास लक्ष्यहरू प्राप्त गर्न कटिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

यसैबीच, देशभरका शिक्षक तथा कर्मचारीहरू नयाँ शिक्षा ऐनको माग गर्दै आन्दोलनरत रहेका बेला प्रधानमन्त्रीको यो भनाइ आएको हो । प्रधानमन्त्री ओलीले गरिबी नहटाइ समृद्ध नेपाल निर्माण असम्भव भएको उल्लेख गर्दै भने, ‘गरिबी निवारणको पहिलो सर्त भनेकै शिक्षा हो ।’ अहिले पनि करिब २० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्यांक उल्लेख गर्दै उनले बालबालिकालाई विद्यालयबाहिर राख्न नहुने स्पष्ट पारे ।

हाल आधारभूत तहमा विद्यार्थीको भर्नादरमा सुधार देखिए पनि उनीहरूको निरन्तरतामा अझ धेरै प्रयास आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ । उनले स्थानीय ज्ञान, सीप र प्रविधिसँग शिक्षालाई जोड्दै आधुनिक बनाउनु आवश्यक रहेको बताए । ‘देशमै रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्न प्राविधिक तथा व्यावसायिक शिक्षामा लगानी बढाउनु आजको आवश्यकता हो,’ प्रधानमन्त्री ओलीले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89