काठमाडौं / कक्षा १२ को परीक्षाबारे निर्णय गर्न आज (मंगलबार) परीक्षा बोर्डको बैठक बस्दै छ । बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।
देशभरका शिक्षकहरु अहिले शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा जम्मा भएर आन्दोलनरत छन् । शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि उनीहरू दिनहुँ माइतीघर–बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन् ।
सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटकपटक वार्ता भए पनि सहमति हुन सकेको छैन । यसबीचमा सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन् ।