Opens in a new tab
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सर्वोच्चको आदेशपछि पनि आन्दोलन नछाड्ने अडान, शिक्षकहरू अझै सडकमा

प्रकाशित मिति : २०८२ बैशाख १२ गते
file photo.

काठमाडौं / काठमाडौंको सडकमा २४ दिनदेखि निरन्तर रूपमा आन्दोलन गरिरहेका शिक्षकहरूले सर्वोच्च अदालतको आदेशपछि पनि आन्दोलन नछाड्ने अडान लिएका छन् ।

बिहीबार सर्वोच्च अदालतले तीन दिनभित्र विद्यालय फर्किन आदेश दिएपनि शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन यथावत रहने स्पष्ट पारेका छन् ।

- ADVERTISEMENT -

Advertisement

अध्यक्ष सुवेदीले सामाजिक सञ्जालमार्फत लेख्दै भनेका छन्, “हाम्रो लडाइँ राज्यको शिक्षाप्रतिको संवेदनहीनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा प्रवृत्तिविरुद्ध हो । अग्रगामी विद्यालय शिक्षा ऐन ल्याउन नचाहने षड्यन्त्रविरुद्ध हो । त्यसैले हाम्रो अभिव्यक्ति र व्यवहार पनि त्यही अनुरूप रहनुपर्छ ।” उनले सर्वोच्चको आदेशको सीधा उल्लेख नगरी आन्दोलन जारी रहने सन्देश दिएका छन् ।

यसअघि बिहीबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन भनेको थियो । आदेशमा भनिएको छ, “आन्दोलित शिक्षकहरूको जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्न विपक्षी निकायले उचित निर्णय गरी पठनपाठन पुनः सञ्चालनको वातावरण सुनिश्चित गर्नू ।”

शिक्षक आन्दोलनका कारण नयाँ शैक्षिक सत्र अझै सुरु हुन सकेको छैन । यही पृष्ठभूमिमा अधिवक्ता श्रवणकुमार चौधरीले सर्वोच्च अदालतमा रिट दायर गर्दै विद्यार्थीको भविष्य अन्यौलमा परेको जिकिर गरेका थिए । चौधरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहितका विभिन्न ६ निकायलाई प्रतिवादी बनाएका छन् ।

तर, आन्दोलनरत शिक्षकहरू भने शिक्षा ऐन जारी नभएसम्म पछि नहट्ने अडानमा कायम छन् । अध्यक्ष सुवेदीले फेरि एकपटक आह्वान गर्दै भनेका छन्, “हाम्रो आन्दोलन जारी छ। सधैंझैँ भोलि पनि ठीक ११ बजे माइतीघर मण्डलामा आइपुग्नुहोस् ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.89
153.49
European Euro
1
174.47
175.16
UK Pound Sterling
1
203.13
203.93
Swiss Franc
1
185.79
186.52
Australian Dollar
1
108.28
108.70
Canadian Dollar
1
108.56
108.98
Singapore Dollar
1
119.65
120.12
Japanese Yen
10
9.69
9.73
Chinese Yuan
1
22.80
22.89
Saudi Arabian Riyal
1
40.71
40.87
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.47
37.62
South Korean Won
100
11.21
11.25
Swedish Kroner
1
15.49
15.55
Danish Kroner
1
23.34
23.43
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
497.20
499.15
Bahrain Dinar
1
405.53
407.12
Omani Rial
1
397.11
398.67