२०८३ भाद्र २५, बिहीबार
September 10, 2026
२०८३ भाद्र २५, बिहीबार
September 10, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘शिक्षक–कर्मचारीको आन्दोलनले ऐतिहासिक उपलब्धि भएको छ’

प्रकाशित मिति : २०८२ बैशाख १८ गते
file photo.

काठमाडौं / नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले हालै सम्पन्न शिक्षक–कर्मचारी आन्दोलनमा सहभागी सबैप्रति आभार व्यक्त गरेका छन् । आन्दोलनले ऐतिहासिक उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनले सहभागी सबै शिक्षक–कर्मचारीको समर्पण, एकता र नेतृत्वप्रतिको विश्वासलाई आन्दोलनको मुख्य आधार मानेका छन् ।

२०७८ माघ २० गतेदेखि सुरु भएको आन्दोलन ८९ दिनसम्म चल्यो भने यसको अन्तिम चरणको २९ दिन काठमाडौंमा केन्द्रित रहेर गरिएको सडक आन्दोलन विशेषरूपमा चर्चामा रह्यो । लगातार २९ दिनसम्म पानी, घाम केही नभनी सडकमा उत्रने शिक्षक(कर्मचारीहरूको उत्साह र सक्रियता उल्लेखनीय रहेको सुवेदीले बताएका छन् । उनका अनुसार आन्दोलनबाट समान ग्रेड र तलबको पुरानो समस्या समाधान भएको छ ।

- ADVERTISEMENT -

Advertisement

अस्थायी शिक्षकहरूको विरामी विदा सञ्चित हुने व्यवस्था गरिएको छ भने सिभिल अस्पतालमा उनीहरूले पनि कर्मचारी सरह उपचार सुविधा पाउने सुनिश्चित भएको छ । साथै, अब सबै शिक्षकका लागि दुर्गम भत्ता उपलब्ध हुनेछ र शिक्षकहरूको मर्यादाक्रमको सवालमा पनि सम्बोधन भएको छ । सुवेदीले बताएअनुसार विधेयकले ऐन बन्ने प्रक्रियामा केही समय लाग्ने भएकाले तत्काल कार्यान्वयन संभव नभए पनि संसदीय दलका मुख्य सचेतक र समितिका सभापतिसँग लिखित प्रतिबद्धता प्राप्त भइसकेको छ, जसअनुसार २०८२ असार १५ गतेभित्र शिक्षा ऐन प्रतिनिधिसभाबाट पारित हुने सुनिश्चितता गरिएको छ ।

निवृत्तिभरण, आवधिक बढुवा, अस्थायी अवधिको गणना लगायतका विषय ऐनमार्फतै सम्बोधन गरिने भएको छ। यसका लागि महासंघको तर्फबाट ऐन निर्माण प्रक्रियामा सक्रिय भूमिका खेलिनेछ । २०७५ पछि स्थायी भएका शिक्षकहरूको निवृत्तिभरणको सवालमा केही उपलब्धि आन्दोलनकै क्रममा हासिल भइसकेको अध्यक्ष सुवेदीले बताएका छन् । यसलाई पूर्णता दिन निवृत्तिभरण कोष ऐन २०७५ संशोधन गर्नुपर्ने भएकाले त्यसतर्फ पनि महासंघको पहल जारी रहने छ ।

अस्थायी प्रकृतिका शिक्षकहरू राहत, करार, साविक उमावि, सिकाइ अनुदान, विशेष शिक्षा र प्राविधिक धारलगायतको स्थायीत्वको विषय ऐनमार्फतै सम्बोधन गरिनेछ । साथै, इसिडकी शिक्षक र विद्यालय कर्मचारीको समस्याको समाधान पनि यही माध्यमबाट खोजिने सुवेदीको भनाइ छ।

आन्दोलन शान्तिपूर्ण ढंगले सम्पन्न होस् भन्ने महासंघको चाहना भए तापनि आन्दोलनको २६औं दिन प्रहरीले गरेको बल प्रयोगका कारण ६२ जना शिक्षक(कर्मचारी घाइते भएका थिए । सुवेदीले ती सबै घाइतेप्रति उच्च सम्मान प्रकट गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले सम्पूर्ण आन्दोलनकारी साथीहरू, महासंघ पदाधिकारी, आन्दोलन परिचालन समितिका सदस्यहरू, सरोकार समूह, शिक्षक संघसंस्था, र विविध जिम्मेवारीमा रहेका सबैप्रति आभार प्रकट गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
175.82
176.52
UK Pound Sterling
1
204.82
205.63
Swiss Franc
1
186.57
187.31
Australian Dollar
1
109.19
109.62
Canadian Dollar
1
109.68
110.12
Singapore Dollar
1
119.61
120.09
Japanese Yen
10
9.83
9.87
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.32
40.48
Qatari Riyal
1
41.54
41.70
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.28
37.43
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
493.79
495.74
Bahrain Dinar
1
401.60
403.19
Omani Rial
1
393.29
394.85