२०८३ श्रावण २, शनिबार
July 18, 2026
२०८३ श्रावण २, शनिबार
July 18, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विद्यार्थी भिसामा जान चाहनेलाई ५० प्रतिशत छुट दिने सेन्ट्रल कलेजको घोषणा

प्रकाशित मिति : २०८२ जेष्ठ ८ गते

चितवन / उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहाने विद्यार्थीका लागि सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिले विशेष छुट दिने भएको छ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर कलेजले पत्रकार सम्मेलनमार्फत बिशेष प्याकेजको घोषणा गरेको हो ।

जापानमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीबाट कलेजले लिँदै आएको सेवा शुल्कमा पचास प्रतिशत छुट दिने घोषणा गरिएको कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले बताए ।

- ADVERTISEMENT -

Advertisement

उनले भने, ‘विभिन्न संघसंस्थाहरु जस्तै आमा समुह, टोल विकास संस्था, खेलकुदका क्लव तथा आबद्ध संघ संस्थाहरु, व्यवसायीक संघसंस्थाहरु, ट्युसन कोचिङ सेन्टर र कम्प्युटर पढाउने संस्था, ड्राइभिङ स्कुल, बचत संस्था, स्थानीय जनप्रतिनिधि, स्कुल, कलेज लगायतका शैक्षिक संस्था, होटल र पर्यटन सम्बन्धि संघसंस्थाहरु, मिडिया हाउस र कलाकार तथा पत्रकारका संघसंस्थाबाट बाट सिफारिस लिएर आउने विद्यार्थीले यो सुविधा प्राप्त गर्न सक्नुहुनेछ । दलित, जनजाति, मधेशी र पछाडि परेको समुदायले पनि सिफारिसबाट यो सुविधा लिन पाउनुहुनेछ ।’ यो छुटले उच्च शिक्षा अध्ययनका लागि जापान जाने सोच बनाएका विद्यार्थीहरुलाई निकै सहज पुग्ने अपेक्षा लिइएको उनको भनाइ छ ।

प्रिन्सिपल पौडेलले जापानमा कम खर्च लाग्ने युनिभर्सिटी छनोट गरेर विद्यार्थीलाई जापान जान सहज वातावरण बनाउने समेत बताए । उनका अनुसार कलेजले जापानिज नागरिक साइतो सिगेरुबाट जापानिज भाषाको गेष्ट कक्षा सञ्चालन गरिरहेको छ । यस्तै ब्रिटिश नागरिक लि विलियमबाट आइएलटिएस र पिटिइका गेष्ट कक्षाहरु सञ्चालन भइरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

कलेजबाट जापानमा प्रोसेस गरेका ९७ प्रतिशत विद्यार्थीले पछिल्लो इन्टेकमा (प्रि–भिसा) सिओर्ई प्राप्त गरेका छन । बिगत डेढ दशकदेखि उच्च शिक्षाका लागि जापान जाने विद्यार्थीहरुको चाहाना पूरा गर्दै आइरहेको कलेजले हरेक इन्टेकका लागि उत्कृष्ट नतिजा हासिल गरेको प्रिसिन्पल पौडेलले बताए । हरेक पटकको सफलताले उत्साह थपेको भन्दै उनले आगामी इन्टेकहरुमा कलेजले सय प्रतिशत नतिजा ल्याउनेगरी काम गरिरहेको बताए ।

पछिल्लो समय सेन्ट्रल कलेज जापान जानका लागि उत्कृष्ट र विश्वासिलो परामर्श केन्द्रको रुपमा स्थापित भएको छ । जापनिज भाषाका टेष्टहरुमा पनि कलेजमा अध्यनन गरेका विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गर्ने गरेका छन । ‘सिओर्ई प्राप्त गरेपछि पनि विद्यार्थीलाई जापान पठाएर त्यहाँ सेटलमेन्टसम्मको जिम्मा हामीले नै लिन्छौँ’, उनले भने ।’ कलेजले कक्षा १२ को परीक्षा दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गरेर बिषेश प्याकेज ल्याएको भन्दै समयमै कलेजमा सम्पर्क गरेर परामर्श लिएर खाली समयको सदुपयोग गर्न प्रिन्सिपल पौडेलको अनुरोध थियो ।

सेन्ट्रल कलेजले चितवन, नवलपुर र तनहुँ जिल्लालाई आधार बनाएर विभिन्न संघसंस्था संग मिलेर सामाजिक काम गर्दै आइरहेको छ । यस्तै कलेजले खेलकुदका संघ र क्लबसंग मिलेर बिभिन्न प्रतियोगिता आयोजना गरिरहेको छ भने लागुपदार्थ दुव्र्यसनी न्यूनिकरण, ट्राफिक सचेतना र रक्तदानका कार्यक्रम गरिरहेको छ । विद्यालय र कलेजसंग मिलेर विद्यार्थीको हितका विभिन्न गतिविधि सेन्ट्रल कलेजले गर्दै आइरहेको छ । कलेजले बिपन्न चेपाङ समुदायको उत्थानका लागि समेत विभिन्न सहयोगका कार्यक्रम गरिरहेको छ ।

नेपाल सरकार शिक्षा मन्त्रालयबाट सम्बन्धन प्राप्त यस कलेजले नेपालमै पढ्न चाहाने विद्यार्थीलाई लक्षित गरेर सेन्ट्रल मोडल कलेज मार्फत त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बिआइएम र बिएचएमका कक्षाहरु सञ्चालन गरिरहेको छ । सेन्ट्रल कलेजले जापानका टोकियो, ओसाका, नागोया, फुकुओका, हिरोसिमा, वकिनवा, सेन्दाई, लगायतका विभिन्न सहरहरुमा विद्यार्थी पठाउँदै आइरहेको छ । कलेजले परामर्श, भाषा कक्षा, अप्लाई गर्ने र जापानको विद्यालयमा भर्ना गराउन सहयोग गर्ने लगायत विद्यार्थीलाई उक्त ठाउँमा पुर्‍याउने व्यवस्था गर्ने गरेको प्रिन्सिपल पौडेलले बताउनुभयो । कलेजले जापानको नागोया सहरमा आफ्नै कार्यलय समेत सञ्चालन गरिसकेको छ ।

सेन्ट्रल कलेजमा भाषा कक्षा अध्ययन गर्न चाहनेले कलेजको मुख्य कार्यालय भरतपुर ओरालो र अन्य शाखा कार्यालय सौराहा चोक टाँडी, थानाचोक कावासोतीमा सम्पर्क गर्न सक्नेछन् । कलेजले जापानसँगै अष्ट्रेलिया, क्यानडा, युके, युएसए, दुबई, दक्षिण कोरिया र युरोपका विभिन्न देशहरुमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइइएलटिएस, पिटिइ, टोफल, अंग्रेजी, जापनिज र कोरियन भाषा कक्षा तथा होटल प्राविधिकसँगै कम्प्युटरका कक्षा सञ्चालन सँगै परामर्श र भिजा प्रोसेसिङका काम समेत गरिरहेको छ ।

विद्यार्थीका लागि बस सेवा सञ्चालन गरिरहेको कलेजले टाढाबाट अध्ययनका लागि आउने विद्यार्थीका लागि हास्टेलको समेत व्यवस्था गरेको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91