एजेन्सी / थाइल्यान्डकी ओपल थाइल्यान्डकी ओपल सुचाता चुआङ्स्रीले मिस वर्ल्ड २०२५ चुआङ्स्रीले मिस वर्ल्ड २०२५ को ताज जितेकी छन् । यस वर्ष मिस वर्ल्ड ७२औँ संस्करणको नतिजा घोषणासँगै उनी विजेता बनिन् ।
७१औँ मिस वर्ल्ड क्रिस्टिना पेज्कोभाले ओपललाई उनको शिरमा ताज पहिराएर सम्मान गरिन् । यस प्रतियोगितामा पहिलो रनर–अप इथियोपियाकी हासेट डेरेजे दोस्रो भइन् भने दोस्रो रनर–अप मार्टिनिककी औरेली योहाचिम तेस्रो भइन् ।
- ADVERTISEMENT -

मे ७ मा सुरु भएको यो रोमाञ्चक प्रतियोगिता मे ३१ शनिबार नयाँ मिस वर्ल्डको छनोटसँगै समाप्त भयो । समापन समारोह अर्थात् मिस वर्ल्ड ग्रान्ड फिनाले तेलंगानाको हैदराबादस्थित हाइटेक्समा आयोजना गरिएको थियो ।

















































