२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

शुल्क र छात्रवृत्ति व्यवस्थित गर्न सरोकारवालाहरुको माग

समयानुकूल शुल्क समायोजन गर्नेछौँ – प्याब्सन चितवन
प्रकाशित मिति : २०८२ जेष्ठ १८ गते

चितवन / निजी तथा आवासीय विद्यालय अगनाइजेसन नेपाल (प्याब्सन) चितवनले भरतपुरमा बृहत् शैक्षिक अन्तक्र्रिया कार्यक्रम गरेको छ ।

शनिबार सम्पन्न कार्यक्रममा सरोकारवालाहरुले संस्थागत (निजी) विद्यालयले लिने शुल्क र विद्यार्थीलाई दिने छात्रवृत्ति व्यवस्थित बनाउन माग गरेका छन् । कार्यक्रममा निजीलाई पनि सामुदायिकसरह व्यवहार गर्न सरोकारवालाको आग्रह थियो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा सञ्चालकहरुले सरकारले तोकेको शुल्क, मापदण्ड र पाठ्यक्रममा आधारित भएर सञ्चालित निजी विद्यालयहरुलाई हेलाँ नगर्न र तीन वर्षदेखि शुल्क वृद्धि हुन नसकेको गुनासो गरे ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समयसापेक्ष शुल्क समायोजन गर्न तयार रहेको बताइन् । प्रमुख दाहालले चितवनभरि लागू हुने गरी शुल्क समायोजन गर्नुपर्ने बताउँदै सबै सरोकारवालाको छलफल र सहमतिमा निष्कर्ष निकाल्नु पर्ने उनको जिकिर थियो ।

निजी विद्यालयले दिने छात्रवृत्तिका लागि सबै विद्यार्थी छनोट गर्ने जिम्मा महानगरलाई नै दिए विद्यालयहरुलाई पनि सहज हुने उनले भनिन् ।

कार्यक्रममा वक्ताहरुले विद्यालय सञ्चालकहरुले पनि विद्यार्थी सङ्गठनहरुले प्रतिशोध साधेर विद्यालयमा बन्द, हड्ताल र तोडफोड गर्ने गरेको गुनासो गरे । प्याब्सन भरतपुर महानगरका अध्यक्ष मीनराज बस्ताकोटीले प्रस्तुत गरेको कार्यपत्रमा ‘बाहिरी अनावश्यक दबाब र हस्तक्षेपले संस्थागत विद्यालयलाई कहिलेकाहीँ अतिनै अप्ठ्यारो पार्ने’ गरेको उल्लेख छ ।

राजनीतिक मागहरु पूरा गराउने नाममा विद्यालयहरु बढी प्रताडित भएको बस्ताकोटीले बताए । सोही कार्यक्रममा सहभागी एमालेनिकट अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यले भने छात्रवृत्ति नपाएर प्रतिशोध साध्ने विद्यार्थी सङ्गठन र नेताको नाम सार्वजनिक गर्न चुनौती दिए । विद्यार्थी सङ्गठनहरु भनेर सबैलाई नमुछ्न उनले आग्रह पनि गरे ।

बस्ताकोटीको कार्यपत्रमाथि सहप्राध्यापक कपिलदेव सुवेदी र डा. केशव चालिसेले टिप्पणी गरेका थिए । निजी विद्यालयलाई हरेक कुरामा प्रतिस्पर्धीका रुपमा लिएर नीति बनाउँदा समस्या आएको भन्दै सुवेदीले राज्यले निजी र सामुदायिकलाई समान तरिकाले नियमन गर्नुपर्ने बताए । त्यस्तै, चालिसेले नीतिगत अस्पष्टताका कारण निजी विद्यालयहरु मारमा परेको बताए ।

सरकार फेरिएपिच्छे नीति नियम परिवर्तन हुँदा निजी संघसंस्थाहरु डराउनुपर्ने अवस्था आएको उनको भनाइ थियो । त्यस्तै, निजी विद्यालयहरु सहरकेन्द्रित भएको उनले टिप्पणी गरे ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय पूर्वअध्यक्ष टीकाराम पुरी, शिक्षा विभागका पूर्वमहानिर्देशक दीपक शर्मा, विभिन्न राजनीतिक दलका अध्यक्षहरुले मन्तव्य दिएका थिए ।

प्याब्सन चितवनका अनुसार जिल्लामा १६४ वटा संस्थागत विद्यालय छन् । जहाँ बालविकासदेखि कक्षा १२ सम्म ९४ हजार ७६४ जना अर्थात् कुल विद्यार्थी संख्याको ४८.६० प्रतिशत विद्यार्थी अध्ययनरत छन् ।

भरतपुर महानगरमा मात्रै ९१ वटा संस्थागत विद्यालय र ५७ हजार १११ जना (५६.६० प्रतिशत) विद्यार्थी अध्ययनरत रहेको बताइएको छ । प्याब्सनमा आबद्ध विद्यालयहरुले बर्सेनि करिब २८ करोड ४२ लाख रूपैयाँबराबरको छात्रवृत्ति दिने गरेको बताइन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10