२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपाल नेदरल्यान्ड्ससँग भिड्दै, जित्नैपर्ने दबाब

प्रकाशित मिति : २०८२ जेष्ठ २१ गते
File photo.

काठमाडौं / आइसिसी विश्वकप लिग-२ अन्तर्गत आफ्नो पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डमाथि ऐतिहासिक र सनसनीपूर्ण एक विकेटको जित निकालेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज (बुधबार) दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गर्दैछ ।

स्कटल्यान्डविरुद्धको रोमाञ्चक जितले उच्च आत्मविश्‍वास बटुलेको नेपाल आज पनि सोही लयलाई निरन्तरता दिँदै नेदरल्यान्ड्सलाई स्तब्ध पार्ने लक्ष्यका साथ मैदान उत्रनेछ । खेल नेपाली समय अनुसार दिउँसो ३.४५ बजे सुरु हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित यो त्रिदेशीय शृंखला नेपालका लागि निकै महत्वपूर्ण छ । सात महिनापछि क्रिकेटको लामो ढाँचा (एकदिवसीय) मा फर्किएको नेपाललाई लिग(२ मा आफ्नो स्थान सुरक्षित राख्न र विश्वकप छनोटको ग्लोबल चरणमा पुग्ने सम्भावनालाई जीवन्त तुल्याउन आगामी खेलहरू जित्नैपर्ने चर्को दबाब छ ।

लिग–२ को नियमअनुसार शीर्ष चारमा रहने टोलीले सोझै विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछन् भने अन्तिम चारमा रहने टोलीले प्लेअफमार्फत अर्को मौका पाउनेछन् । नेपाल अहिले लिग(२ को अंक तालिकामा १३ खेलबाट ८ अंकसहित पुछारबाट दोस्रो अर्थात् सातौं स्थानमा संघर्ष गरिरहेको छ ।

आजको प्रतिद्वन्द्वी नेदरल्यान्ड्स २० खेलबाट २६ अंकसहित तालिकाको दोस्रो स्थानमा बलियो स्थितिमा छ भने आयोजक स्कटल्यान्ड १७ खेलबाट २० अंकसहित चौथो स्थानमा छ । शीर्षस्थानमा अमेरिका (२० खेलबाट २८ अंक) छ भने तेस्रोमा ओमान (२४ अंक), पाँचौंमा क्यानडा (२० अंक), छैटौंमा नामिबिया ९१४ अंक० र आठौं स्थानमा संयुक्त अरब इमिरेट्स (युएई) (१६ खेलबाट ६ अंक) रहेका छन् ।

स्कटल्यान्डविरुद्धको जितले महत्वपूर्ण २ अंक जोडेको नेपाललाई अब लिग–२ मा टिकिरहन र शीर्ष चारको दौडमा सामेल हुन आजको खेलमा पनि जित निकाल्नुपर्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45